मध्य बाँनेश्वरमा ‘वान सिनेमाज्’ मल्टिप्लेक्स हल संचालन हुने

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

काठमाण्डौस्थित मध्य बाँनेश्वरमा २ पर्दाको मल्टिप्लेक्स हल खुल्ने भएको छ । बाँँनेश्वरको ‘आइ प्लेक्स मल’भित्र यो हल संचालन हुने भएको हो । असारको अन्तिमबाट हल संचालन गरिने हल संचालकहरुले बताएका छन् । ‘आइ प्लेक्स मल’ संचालकहरुले नै उक्त हल संचालन गर्न लागेका हुन् । मल्टिप्लेक्स हलको नाम ‘वान सिनेमाज्’ राखिएको छ ।

संचालकहरुले बताएअनुसार दर्शकले बजारमा चलेको टिकट दरमा चलचित्र हेर्न पाउने र हलमा हलिउड,बलिउड, नेपाली सबै भाषाका चलचित्र प्रर्दशन गरिने बताएका छन् । हलमा फोर के प्रोजेक्शनसँगै डबी साउन्ड र अन्य सुविधापनि हुनेछन् । मध्य बाँनेश्वरका दर्शकहरु यो हल संचालनमा आएलगत्तै चलचित्र हेर्नकालागि अन्य हल पुग्न नपर्ने संचालकहरुले बताएका छन् । चलचित्रप्रति क्रेजी दर्शकहरु हलमा राम्रै पैसा खर्च गरेर चलचित्र हेर्न खोज्छन् । दर्शककालाई चलचित्रले मात्र नभएर हलले समेत प्रभाव पार्ने गर्छ । त्यसैले चलचित्रसँगै चलचित्र देखाउने हल पनि सुविधा सम्पन्न हुन आवश्यक छ ।