नीतु बनिन् मिस नेवा

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

‘एनटिसी मिस नेवाः ११३९’ १४ औं संस्करणमा नीतु डंगोल बिजेता बनेकी छिन् । प्रतिस्पर्धि १६ जना युवतीहरुलाई पछि पार्दै नीतुले नगद २५ हजार रुपैयाँ सहित विभिन्न उपहारहरु प्राप्त गरिन् । नीतुलाई मिस नेवाः ११३८ रीजु मानन्धरले विजेताको मुकुट पहिराइदिएकी थिइन् ।

नेप्लीज फेसन होमले आयोजना गरेको यो प्रतियोगितामा सञ्जिता महर्जनले फस्ट रनर्स अपको उपाधि जित्न सफल भइन् । उनले पनि नगद राशी १२ हजार रुपैया“सहित विभिन्न उपहारहरु प्राप्त गरिन्  । सञ्जिताले मिस फ्रेण्डशीपको उपाधि पनि जितिन् । स्केना कोजुले सेकेण्ड रनर्स अपमा चित्त बुझाइन् । उनले पनि नगद राशी १० हजार रुपैयाँ सहित विभिन्न उपहारहरु प्राप्त गरिन् ।

लतिलपुर महानगरपालिकाका मेयर चिरिबाबु शाक्यको प्रमुख आथित्यमा सम्पन्न मिस नेवाः ११३९ को ग्राण्ड फिनालेको निर्णायकमा बैंकर भाइराजा तुलाधर, गायक प्रवेशमान शाक्य, नेपाल क्यूकोसिन सिसन कँराते एसोसिएसनका अध्यक्ष अशोककुमार श्रेष्ठ, बुटिक एसोसिएसनका अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ, सञ्चारकर्मी विजयरत्न तुलाधर, मेकअप आर्टिष्ट मञ्जु कार्की पाण्डे थिए ।

प्रतियोगिताको क्रममा सहभागि युवतीहरुले विभिन्न पहिरनहरुको फेसन शो समेत प्रस्तुत गरेका थिए । समारोहमा गायक प्रवेशमान शाक्यले नेवारी भाषाकै गीत–संगीत प्रस्तुत गरेर उपस्थित दर्शक तथा स्रोताहरुलाई मनोरञ्जन प्रदान गरेका थिए भने विभिन्न नृत्य कलाकारहरुले परम्परागत नेवारी नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिएका थिए ।