‘मोडल हन्ट नेपाल’को पाँचौ संस्करण सुरु

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

‘मोडल हन्ट नेपाल’को पाँचौ संस्करण सुरु भएको छ । आइतबार एक बिज्ञप्ती जारी गर्दै आयोजक नेक्स्ट मोडल नेपालले ‘मोडल हन्ट नेपाल २०१९’को आवेदन खुल्ला भएको जनाएको हो । प्रिपिएर फर इनिसियसन’ अर्थात ‘सुरुवातको तयारी’ थिम रहेको प्रतियोगिता देशभर छरिएर रहेका युवायुवतीहरुलाई अन्तराष्ट्रिय स्तरको तालिम प्रदान गरि देश तथा बिदेशमा मोडलिङ सम्बन्धि बिभिन्न अवसर प्रदान गर्न अब्बल साबित भएको छ ।

पाँचौ संस्करणसम्म आइपुग्दा प्रतियोगिताले तीनसय बढी युवायुवतीलाई उत्कृष्ट प्रशिक्षण प्रदान गरि दर्जनौ ब्यवसायिक मोडल उत्पादन गर्न सफल भएको आयोजक संस्था नेक्स्ट मोडल नेपालका प्रमुख रवि धमलाले बताए । ‘मोडल हन्ट’ इन्डिया, पाकिस्तान, श्रीलंका, अष्ट्रेलिया, अमेरिका लागायत विश्वका बिभिन्न मुलुकमा संचालन हँुदै आएको उत्कृष्ट प्रतियोगिता हो । बिगत ५ बर्षदेखि नेपालमा पनि यो प्रतियोगीता आयोजना हुँदै आएको छ ।

जुन २२ देखि प्रारम्भिक अडिसन सुरु हुने प्रतियोगिता १७ अगष्टमा पुगेर सकिने छ ।  राष्ट्रिय फेसन र मोडलिङ क्षेत्रमा समेत आयोजकले अवसर प्रदान गर्नेछ । नेपालकै पहिलो फेसन टिभीसम्म अनुबन्धित भएको यो प्रतियोगीमा १६ देखि २८ बर्षसम्मका युवायुवतीले सहभागीता जनाउन सक्नेछन् ।