ट्रेलरमा आयुष्मान र शिल्पाको ‘सानो मन’ (भिडियो)

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के अभिनित चलचित्र ‘सानो मन’को  ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रका मुख्य पात्र आयुष्मान देशराज जोशी, शिल्पा मास्के सँगै गौरी मल्ल, विशाल पहाडी, रश्मी भट्ट, लगायतका अन्य कलाकार पनि अटाएका छन् ।

सुयोग गुरुङ्गले निर्देशन गरेको यस  चलचित्र ओ.पि.जी. फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । असार २० गतेबाट नेपालभरका हलहरुमा प्रदर्शन हुँने यस चलचित्रका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । समिर सुनवार र निर्देशक गुरुङको लेखनमा बनेको चलचित्रमा साजन सिंहको कोरियोग्राफी रहेको छ । कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका ‘पर्सनल ट्रेनर’ हुन् । आयुष्मान र शिल्पाको अलवा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रलाई आलोक शुक्लाले खिचेका हुन् । सुयोग सोताङको संगीत रहेको चलचित्र म्यूजिकल लभस्टोरी जनरामा निर्माण भएको छ । जसमा आयुष्मानले निर्वाण र शिल्पाले सानियाको भूमिका निर्वाह गरेका छन् ।

trailer: