‘धडक’का इशानसँग जोडी बाँध्दै सारा

मुम्बई , एजेन्सी ।

बलिउडकी चर्चित अभिनेत्री साराअली खान अहिले चलचित्र ‘लभ आजकल २’को छायांकनमा व्यस्त छिन् । गत वर्ष सार्वजनिक प्रर्दशनमा आएको चलचित्र ‘केदारनाथ’बाट सिने क्षेत्रमा डेब्यू गरेकी उनी अहिलेकी निकै व्यस्त अभिनेत्री मध्यमा गनिन्छिन्। ‘केदारनाथ’ले बक्स अफिसमा राम्रो कलेक्सन गर्न सफल भए लगत्तै उनको अर्को चलचित्र ‘सिम्बा’ ले पनि बक्स अफिसमा राम्रै व्यापार गर्न सफल भयो । डेब्यु चलचित्रमानै उनले गरेको अभिनयले धेरै दर्शकलाई आर्कषित बनायो। उनी हाल सुन्दर र ट्यालेन्ट अभिनेत्रीको रुपमा चिनिन्छिन् ।

त्यसैगरी साराले अर्को नयाँ चलचित्रमा काम गर्ने खबर बाहिरिएको छ । भारतिय मिडियाका अनुसार उनले निर्देशक अली अब्बास जफरको प्रोडक्सन हाउसबाट बन्ने चलचित्रमा काम गर्ने भएकी हुन् । ‘भारत’ निर्देशक अली अब्बास जफरको व्यानरमा निर्माण हुने चलचित्रको नाम हालै खुलाइएको छैन । तर यस चलचित्र अलीले निर्देशन गर्ने छैनन् ।

अब केही दिनमै नै चलचित्रको औपचारिक निर्माण घोषणा हुने बताइएको यस चलचित्र अब्बासको सहायक निर्देशकले निर्देशन गर्ने स्रोतले बताएको छ । चलचित्रमा सारको जोडी भएर काम गर्न अभिनेता इशान खट्टर तयार भएको जानकारी प्राप्त भएको छ । जान्वी कपूरसँग जोडी बाधेका  इशानले चलचित्र 'धडक’ मार्फत दर्शकको मन जितिसकेका छन् ।