मंसिर १२, काठमाडौं । गीतसंगीत व्यवसायमा लागेका संगीतकर्मीहरुको छाता संगठन संगीत उत्पादक समाज नेपालको पहिलो साधारणसभाबाट निर्मल ढकालले बिजय हासिल गरेका छन् । यसका साथै अबको नेतृत्व निर्मल ढकालले गर्ने भएका छन् ।
प्रतिद्वन्द्वी सुवास रेग्मीलाई पछि पार्दै निर्मल ढकालले आफ्नो नेतृत्व कायम राखेका हुन् । सुवास रेग्मीको प्यानल र निर्मल ढकालको प्यानलबाट उम्मेदवारी दिइएको थियो । जसमा रेग्मी प्यानलबाट एकजना सदस्य सुनिल लामिछानेले मात्र बिजयी हासिल गरे ।
निर्मल ढकालको अध्यक्षतामा निर्वाचित भएको समूहमा उपाध्यक्षमा सूर्य एक्से मगर, महासचिवमा लक्ष्मण हुमागाईं, सचिवमा पर्शुराम रिजाल, कोषाध्यक्षमा कल्पना पौडेल देवकोटा सदस्यहरुमा हुम गैरे, राज शुक्र लिम्बू, खगेन्द्र याक्सोले रहेका छन् । जम्मा १०९ सदस्य रहेको उत्पादक समाजको पहिलो साधारणसभाबाट निर्मल ढकालको नेतृत्व आएको छ ।
चुनावबाट विजयी भइसकेपछि ढकालले उत्पादकहरुको संगीत रोयल्टी क्षेत्र पहिचान गर्ने, उत्पादकहरुको संगीत रोयल्टी याथशीघ्र वितरण गर्ने, उत्पादकहरुको हक हितको संरक्षण गर्ने, रोयल्टीको मापदण्ड निर्धारण गर्ने, जस्ता प्रतिबद्धता अघि सारेका छन् ।