‘द भ्वाईस अफ नेपाल’को दोस्रो सिजनमा दुई कोच फेरिए, थपिए राजु र आस्था

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

गायन रियालिटी शो ‘द भ्वाईस अफ नेपाल–सिजन २’ यहि असार पहिलो साताबाट हिमालय टेलिभिजनबाट प्रसारण हुँने भएको छ । यसका साथै पहिलो सिजनमा भएका दुई कोच पनि बाहिरिउका छन् । अर्थात भ्वाईस अफ नेपालको पहिलो सिजनमा कोच बनेका पप गायक सनुप पौडेल र रक गायिका अभया सुब्बा (स्टिम इन्जिन) दोश्रो सिजनबाट हटाईएका हुन् । अब उनीहरुको ठाउँमा मँगोलियन हार्टका गायक पप गायक राजु लामा र गायिका आस्था राउतलाई अनुबन्धित गरिएको छ ।

भ्वाईस अफ नेपाल पहिलो सिजनका बाँकी दुई निर्णायक बरिष्ट गायक दीप श्रेष्ठ र गायक प्रमोद खरेल दोश्रो सिजनमा पनि रहेका छन् ।  भ्वाईस अफ नेपाल पहिलो सिजनकी कोच अभया सुब्बाले भ्वाईस कार्यक्रमको केही नियमहरु तोडेकाले उनलाई कोचबाट निकालिएको एक आयोजकले बताए ।

भ्वाईस अफ नेपाल सिजन – २ को छायाँकन सुरु हुनु भन्दा एक केही दिन अघिमात्र आयोजक पक्षले काठमाडौंमा पत्रकार भेटघाट आयोजना गरेर यस पटक दुई जना कोच परिवर्तन भएको जानकारी गराएको छ । सोमबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रायोजकसँग हस्ताक्षर गर्दै दुई जना कोच परिवर्तन गरिएको जानकारी दिईयो ।

आगामी साउनको पहिलो साताबाट भ्वाईस अफ नेपाल सिजन २ हिमालयन टेलिभिजनबाट प्रशारण हुँदैछ । अभयाको ठाउँमा आस्था कोचको रुपमा अनुबन्धित हुँदा उनले यो कार्यक्रममा सहभागी हुनेहरुलाई संगीत कोच गर्न सक्लिन त भन्ने प्रश्न पनि पत्रकार भेटघाटका क्रममा उठेको थियो ।

video Report: