दुई नेपाली चलचित्रलाई ‘साहो’को डर

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

बिदेशी चलचित्रका कारण नेपाली चलचित्र भाग्ने चलन कुनै नयाँ चलन होईन । जब बिदेशी चलचित्रको प्रर्दशन मिति तय हुन्छ, तब नेपाली निर्माताहरुको मनमा कतै मेरो चलचित्र सँग जुध्ने पो हो कि भन्ने ठुलो डर पैदा हुने गर्छ । चलचित्रको प्रर्दशन मिति जुध्दा निर्माताहरुलाई मार पर्ने हुनाले उनीहरुले आपसमा सल्ला गरेर चलचित्रको मिती सार्ने गर्छन् । दर्शकहरु पनि नेपाली भन्दा बिदेशी चलचित्र हेर्न रुचाउन्छन् । केही समयअघि नेपालमा प्रर्दशनमा आएको बिदेशी चलचित्र ‘एभेन्जर इन्डगेम’का कारण 'दाल भात तरकारी' तोकिएको मिति भन्दा एकहप्ता पछि सरेको थियो । बैशाख १३ मा दर्शकमाझ आउने भनिएको 'दाल भात तरकारी' उक्त मितीमै ‘एभेन्जर’ पनि प्रर्दशनमा आउँने र मल्टिप्लेक्स ओगट्ने कारणले निर्माण टिम पछि सरेका थिए । ‘एभेन्जर इन्डगेम’ले नभन्दै सर्वाधिक दर्शक बटुल्न सफल भयो । एक हप्ताअघि बाट टिकट खरिद गर्दै दर्शकहरु ‘एभेन्जर इन्डगेम’बाट मनोरञ्जन लिइरहेका थिए । त्यसैगरी चलचित्र 'जात्रै जात्रा' अर्को पनि बलिउड  'चलचित्र स्टूडेन्ट अफ दि ईयर २' का कारण एकहप्ता पछि सरेको थियो ।

त्यसैगरी अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भूमिका रहेको चलचित्र ‘दयारानी’ यसअघि जेठको ३ गते प्रर्दशनमा आउने भनिएको थियो । जेठको ३ गते चलचित्र ‘जात्रै जात्रा’ प्रर्दशनमा आउने भएकाले ‘दयारानी’ एकैचोटी साउन ३० गते धकेलियो । उक्त मितिमै अर्को चलचित्र ‘हजार जुनी सम्म’ पनि प्रर्दशनमा आउने भएको छ । यस चलचित्रमा दया र दीपाका साथमा बिजय बराल, प्रमिसा गुरुङ, टिकाराम घले लगायतको मुख्य भूमिका छ । चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन रहेको छ । त्यसैगरी विकासराज आचार्य निर्देशित ‘हजार जुनी सम्म’मा आर्यन सिग्देल, प्रियंका कार्की, स्वस्तिमा खड्का लगायतका कलाकारको मुख्य भूमिका छ ।

सोही मितिमै बहुबली अभिनेता सुपरस्टार प्रभास अभिनीत बहुप्रतिक्षीत चलचित्र ‘साहो’ प्रर्दशनमा उत्रिदैछ । ‘जात्रै जात्रा’सँग भागेको ‘दयारानी’ अब कहाँ पुग्ला ? साउथ अभिनेता प्रभासको यो हिन्दी चलचित्रले बलिउड सिने क्षेत्रबजारलगायत नेपाली सिने बजार समेत तताउँने सम्भावना रहेको छ । उक्त मितिमै ‘साहो’ प्रर्दशनमा आउने भएपछि दुई नेपाली चलचित्र ‘हजार जुनीसम्म’ र ‘दयारानी’ पछि  सर्ने सम्भावना रहेको छ । स्रोतका अनुसार यी दुबै नेपाली चलचित्रका निर्माता प्रदर्शन मिति सार्ने सोचमा रहेका छन् । अहिलेसम्म ठेट जानकारी भने प्राप्त भएको छैन् । तर चलचित्र धकेलिने निश्चित छ ।

केही दिनअघि सार्वजनिक गरिएको ‘साहो’को पुरै एक्सनले भरिएको टिजरले दर्शकलाई चलचित्र हेर्न उत्साहित बनाएको छ । दर्शकहरु चलचित्रको पर्खाइमा रहेका छन् । भारतकै सबैभन्दा ठूलो एक्सन चलचित्र भनिएको यस चलचित्रमा प्रभाष र नायिका श्रद्धा कपुरको मुख्य भूमिका छ । सुजितले निर्देशन गरेको यस चलचित्र गुल्सन कुमार र भुषण कुमारको प्रस्तुतिमा तयार भएको हो । एक्सनलाई प्राथमिकता दिइएको टिजरमा प्रभासको लुक्सलाई दर्शकले निकै रुचाएका छन् । चलचित्र हिन्दीसहित चार भाषामा बनाइएको छ ।