‘लप्पन छप्पन २’को शुभ मुर्हुत, सुटिङ अघिनै प्रर्दशन मिति घोषणा

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

बुधबार राजधानीको कमलादीस्थित गणेशस्थान मन्दिरमा चलचित्र ’लप्पन छप्पन २’को शुभ मुर्हुत गरिएको छ। सम्पूर्ण टिमको उपस्थितीमा चलचित्रको स्क्रिप्ट सहित क्यामेरा पुजा गरिएको हो । चलचित्रका लिड अभिनेता दयाहाङ राई र सौगात मल्ल भने केही कारणबस मुर्हुत समारोहमा उपस्थित भएनन् ।  निर्देशक मुकुन्द भट्ट,अनुपबिक्रम शाही, अभिनेत्री नम्रता श्रेष्ठ,अर्पण थापा, क्यारोलिन कोलिन्डा, क्यामरा पर्सन पुरुषोत्तम प्रधानको उपस्थितमा शुभ मुर्हुत सम्पन्न गरिएको हो ।

असार ११ देखि छायाँकनमा निस्किने चलचित्रमा अन्य कलाकार सुरविना कार्की, सिर्जना सिना सन्नी ढकाल, देवु श्रेष्ठ, र फाजिल अहमदको पनि अभिनय रहनेछ । छायाँकन नेपाल,अस्ट्रेलिया र युरोपको बिभिन्न देशमा हुने बताइएको छ । कास कुँवर र निर्मलकुमार मिश्र कार्यकारी निर्माता रहेको चलचित्र इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स पिक्चर्स ब्यानरमा निर्माण हुनेछ ।

चलचित्र निर्माण चिज कुमार श्रेष्ठ र प्रजापती शिवाकोटी मिलेर गर्नेछन् । शम्भुजित बाँस्कोटा र दिपक आरजेको संगीत रहने चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्नेछन् भने सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् । टिमले महाशिवरात्रीको छेउछाउ फागुन ९ गतेलाई लक्षित गर्दै चलचित्रको प्रर्दशन मिति घोषणा गरेको छ ।