छायांकनमा चलचित्र ‘भो माया लाउदिन’

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

नयाँ चलचित्र ‘भो माया लाउदिन’को छायांकन चलिरहेको छ । गएको जेठ १९ गतेबाट चितवनबाट सुरु भएको छायांकन जम्मा एक महिनाको तालिका अनुसार चल्ने निर्माण टिमले जनाएको छ । पारिवारिक कथामा चलचित्र निर्माण गरेको चलचित्रका निर्देशक म्याक्टेन कालुले जानकारी दिए ।

चलचित्रमा नवकलाकारहरुको अभिनय देख्न सकिनेछ । चलचित्र चितवन, नवलपरासी र मकवानपुर हुँदै मलेसियामा पनि छायांकन गरिने बताइएको छ । चलचित्रमा बिर्जन मिजार, आशा रसाइली, नवराज अधिकारी लगायतको मुख्य भूमिका रहेको छ । बिर्जन र आशाको प्रेम चलचित्रमा देख्न पाइने छ भने यी दुई चलचित्रका लागी नयाँ अनुहार हुन् । यस्तै कलाकार नवराज भने यसअघि केहि चलचित्रमा काम गरिसकेका छन् भने उनी यो चलचित्रमा खलनायकको भूमिकामा देखिनेछन् । उनले हाँस्सै टेलिसिरियल मेरिबास्सै, गोलमाल लगायतमा पनि अभिनय गरेका छन् ।

‘यसअघि केहि चलचित्रमा छोटो भूमिकामा भएपनि यो चलचित्रमा खलनायकको मुख्य भूमिका निभाएको छु । आशा छ दर्शकलाई मन पर्नेछ ।’ नवराजले हिमालय टाइम्ससँग कुरागर्दै भने । ‘चलचित्र टिम र कलाकार सबैले मिहिनत गरेका छौं।’ यो चलचित्र आउँदो असोजको पहिलो साताबाट प्रदर्शन गर्ने तयारीमा आफूहरु जुटेको निर्देशक म्याक्टेनले बताए । मनसुदा मिडियाको ब्यानरमा निर्माण भएको यो चलचित्र सन्तोष सुनारले खिचेका हुन् । यस्तै चलचित्रमा मिलन श्रेष्ठ र सुयोग रिजालको द्धन्द्ध निर्देशन रहेको छ ।