बुद्धको प्रतिमामा बसेर फोटो खिच्दा ताहिरालाई गालीको बर्षात

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेता तथा गायक आयुष्मान खुरानाकी श्रीमती ताहिरा कश्यपले भगवान बुद्धको प्रतिमामा बसे फोटो खिचाएपछि अत्यधिक ट्रोल बनेकी  छिन्। उनले उक्त फोटो आफ्नो इन्स्टाग्राममा पोष्ट गरिन् । पोष्ट गरेलगत्तै फोटोमा गालीको बर्षात बर्षिए पछि उनले फोटा हतारहतार डिलिट गरेकी  छिन् । तर सामाजिक सञ्जाल प्रयोगकर्ताले फोटो डाउनलोड गरी ट्रोल बनाउन थालिसकेका थिए ।

फोटोमा उनी भगवान बुद्धको हातमा मजाले बसेकी छिन् । कमेन्ट गर्ने सामाजिक सञ्जाल प्रयोगकार्ताले 'बुद्धमाथि बस्नु निकै मूर्खता हो', 'पढेलेखेका मानिसहरु यस्तो काम गर्छन् अनपढले के गर्लान्?', 'भगवानलाई सम्मान गर्न न जानेको भ्रष्ट बुद्दि', ‘तिमी बुद्धमाथि बसेकी छौ,कृपया सबै धर्मको सम्मान गर'  ‘माफ गर्नुहोस्, तर बुद्धमाथि बस्नु हामी बौद्ध धर्मावलम्बीका लागि अपमानजनक हो ।’ यस्ता कमेन्ट लेख्दै उनलाई अडियन्सले गाली गरे।

ट्रोल बनिसकेपछि र आफूले गल्ती गरेको महसुुुस गर्दै उनले सोसल मिडियामा अडियन्सहरुसँग माफी पनि मागेकी छिन् । 'अन्जानमा केही मानिसहरुको भावनालाई ठेस् पुर्याएकोमा म निकै दुखी छु । ‘म कसैको पनि दुःख पीडाको कारण बन्न चाहन्नँ । मलाई माफ गर्नुहोला । सबैमा प्रेम र शान्तिको कामना ।’ उनले सामाजिक सञ्जालमा माफी माग्दै लेखेकी छिन् ।