नायक पुष्पको चौतर्फी चर्चा

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

गायक दीपक बज्रचार्यको स्वर तथा संगीतमा केही दिनअघि चलचित्र ‘मारुनी’को पहिलो गीत सार्वजनिक भएको थियो। 'जाम न माया जाम’ बोलको उक्त गीतमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काको दमदार डान्स देख्न सकिन्छ।

उक्त भिडियोमा नायक पुष्प खड्काको प्रस्तुतीलाई दर्शकले निकै रुचाएका छन् । उनको नृत्यलाई लिएर यतिबेला उनको चौतर्फी चर्चा भइरहेको छ । यस गीत सार्वजनिक भएपछि उनका प्रशंशक बढीरहेका छन् । नेपाली सिनेक्षेत्रमा पुष्पलाई एक कलाकारमा हुनुपर्ने सम्पुर्ण गुण भएको कलाकार भनेर चिनिन्छ । दर्शकले पनि उनको अभिनयलाइ निकै रुचाएका हुन्छन्। गीतले राम्रो प्रतिक्रिया पाएको र आफ्नो चारैतिर प्रशंसा भइरहेकोले पुष्प आफुलेपनि दंग रहेको बताएका छन् । दर्शकको प्रतिक्रियाबाट आफूलाई काम गर्न अझै हौसला मिलेको सुनाएका छन् । सहायक अभिनेताको रुपमा नेपाली चलचित्र क्षेत्रमा भित्रिएका उनले ‘दपर्ण छायाँ २’बाट मुख्य अभिनेताको रुपमा काम गरेका थिए। तर, ‘दपर्ण छायाँ २’को असफलतामा रुमल्लिएका उनलाई ‘मंगलम’ले राम्रो अभिनय क्षमता भएको कलाकारको रुपमा चिनाएको हो।

रिक्की शाक्यको शब्द रहेको गीतको भिडियोमा प्रविन सिंहको कोरियोग्राफीमा रहेको छ ।  ‘मारुनी’ लाई लिएर उत्साहित रहेका पुष्प र साम्राज्ञीले पहिलो एउटै पटक चलचित्रमा काम गरेका हुन् । उनीहरु एकअर्कासँग काम गर्न सहज भएको पनि बताउँछन्। यसमा अभिनेत्री रेविका गुरुङको पनि प्रमुख भूमिका छ । नारी संवेदनामाथि चलचित्र बनाउन सिपालु मानिने निर्देशक नवल नेपालले यस चलचित्र निर्देशन गरेका हुन् । यसअघि उनले चलचित्र ‘मंगलम’ निर्देशन गरेका थिए । पुनम गौतमले निर्माण गरेको चलचित्र सह–निर्मातामा राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री छन् । गोविन्द फुँँयाल र निर्देशक नेपालले चलचित्रको कथा लेखेका हुन् । चलचित्रको प्रर्दशन मिति आउँदो भदौ १३ गतेलाई तोकिएको छ।