‘ब्रह्मास्त्र’को छायाकंन नसकिदैँ मुम्बई फर्किए रणबीर र आलिया

मुम्बई , एजेन्सी ।

वाराणसीमा भइरहेको बलिउड चलचित्र ‘ब्रह्मास्त्र’को छायाकंनको अन्तिम खुड्किलामा आएर छायाकंन राकिएको छ। चलचित्रमा मुख्य भूमिकामा रहेका नायक रणबीर कपूर र नायिका आलिया भट्ट भईरहेको छायाकंन छाडेर मुम्बई फर्किसकेका छन्। उनीहरु अझै तीन दिनको छायांकन छाडेर मुम्बई फर्किएका हुन् । भारतिय मिडियाले बताएअनुसार आलियाको स्वास्थ्य खराब भएपछि चलचित्रमा समावेश एक गीतको छायांकन छाडेर उनीहरु मुम्बई फर्किएका हुन् ।आलियाले बिरामी अवस्थामा पनि सुटिङलाई निरन्तरता दिन चाहन्थिन् तर निर्देशक आयान मुखर्जीले उनलाई मुम्बई गएर चेकजाँच गरी रेस्ट गर्न आग्रह गरे । मुखर्जीले एक गीतको अहिले छायाकंन स्थगित गर्ने निर्णय लिएका छन् ।

समाचारका अनुसार  ब्रह्मास्त्रको छायाकंन अब नोभेम्बरमा वाराणसी नै गएर पूरा गरिने बताइएको छ । मुखर्जीले आलिया पुरा रुपमा स्वस्थ भइपछि मात्र बाँकी रहेको छायाकंन पुरा गर्ने अठोट लिएका छन्। चलचित्रमा आलिया र रणबीरको अलवा भारतिय महानायक अभिताभ बच्चनको पनि मुख्य भूमिका रहेको छ । आलिया र रणबीर पहिलो पटक एकसाथ स्क्रिन सेयर गरेको यस चलचित्रको प्रर्दशन मिति फेरीने भएको छ । यसअघि २५ डिसेम्बर प्रर्दशनको लागि तोकिएको थियो । अब उक्त मितिमा चलचित्र प्रर्दशनमा नआउने भएको छ। प्रर्दशनको नयाँ मिति अब चलचित्रको पुरा छायाकंन सकिएपछि सार्वजनिक गर्ने निर्माण टिमको भनाइ छ।