प्रदिप खड्काको ‘रोज’ युट्युबमा सार्वजनिक (पुरा फिल्म)

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

युवा स्टार प्रदिप खड्का अभिनित चलचित्र 'रोज' युटयुबमा सार्वजनिक भएको छ। 'प्रेम गीत', 'प्रेम गीत २', 'लिलीबिली' लगायत 'लभ स्टेसन'मा आफ्नो अभिनय मार्फत लाखौ प्रशंशक कमाएका युवा स्टार प्रदिप खड्कासँगै चलचित्र 'रोज'मा नायिका प्रमिता आरएल राना र नायिका मिरुना मगरको मुख्य भूमिका रहेको छ। निरक पौडेलले निर्देशन गरेको यो चलचित्रमा प्रदीप, परमिता र मिरुनाको साथमा कर्मा,पल्पसा डंगोल लगायतको पनि अभिनय रहेको छ। चलचित्र जम्मा ९० मिनेटको छ ।

एक प्रेमीले आफ्नै प्रेमिकालाई कसरी हत्या गर्न पुग्छन् भन्ने सेरोफेरोमा चलचित्र घुमेको छ । चलचित्र नायक प्रदीप खड्का र नायिका परमिता आरएल राणाको प्रेम देखाइएको छ भने अर्कि नायिका मिरुना मगर वकिलको भूमिकामा छिन् ।हलमा दर्शकको राम्रो साथ नपाएको चलचित्र 'रोज'ले युट्युबबाट कतिको राम्रो प्रतिक्रिया पाउनला त्यो हेर्न बाँकी छ ।

movie: