फिल्म अफर नआएपछि म्युजिक भिडियोमा ब्यस्त रेजिना

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

लामो समय अघि नेपाली चलचित्रमा निकै सक्रिए नायिका रेजिना उप्रेती अहिले चलचित्रको काम बिहिन छिन् । उनले आजभोली आफूलाई चलचित्रको अफर नै नआउने बताएकी छिन्। उनी अहिले हातमा चलचित्र नहुँदा म्युजिक भिडियोमा ब्यस्त देखिन्छन् ।

केहिदिन अघि राजधानीको रत्नपार्कमा एक तीजगीतको छायांकनको क्रममा भेटिएकी रेजिनाले चलचित्र निर्माताले पत्याए फेरी चलचित्रमा देखिने बताइन् । अब रेजिना जीलाई चलचित्रको अभिनयमा दर्शकले कहिले देख्न पाउने भन्ने प्रश्नमा उनी भन्छिन् ‘खै अब निर्माता ज्यूहरुले जहिले पत्याउनुहुन्छ तहिले आउँछु ।’ रेजिनाले आफूलाई चलचित्रमा धेरै भूमिकामै अफर आउनुपर्ने सर्त पनि नराख्ने बताइन् । उनले सानै भएपनि राम्रो भूमिका भए चलचित्रमा काम गर्ने बताइन् । उनी भन्छिन् ‘मैले चलचित्रमा धेरै लामो भूमिका हुनुपर्छ पनि भन्दिन, बरु दश सिनमात्र किन नहोस् राम्रो भएमा अवश्य गर्छु ।’

रेजिनाले आफू चलचित्रमा देखिनकै लागी मात्र भने काम नगर्ने बताउँछिन् । डेढ दशक देखीको आफ्नो चलचित्र क्षेत्रको लगावकै कारणले जस्तोपायो त्यस्तो चलचित्रका काम नगर्ने रेजिनाको भनाई छ । ‘केहिवर्ष परिवारलाई दिएँ त्यसैले दर्शकले मलाई हराइन् भन्नुभयो होला तर अहिले चलचित्रलाई समय दिन्छु भन्ने लागेको छ । आशा छ छिट्टै चलचित्रमा आउनेछु।’ रेजिनाले भनिन् । ‘अफर आउँदा मलाई सुहाउने हुनुपर्यो अवश्य गर्नेछु ।’

केहिसमय अघिमात्रै चलचित्र कलाकार संघको चुनावबाट उपाध्यक्ष पदमा सर्वाधिक मदबाट जितेकी रेजिनाले आफूलाई म्युजीक भिडियोमा पनि अफर आइरहेको बताइन् । बर्षमा कम्तीमा तीनवटा तीज गीतमा अभिनय गर्ने रेजिनाका अन्य बिधाका गीतहरुपनि सार्वजनिक भइरहेका हुन्छन् ।