बन्ने भयो ‘चपली हाइट ३’

...

<pre style="line-height: 1.42857; text-align: justify;"><b>आर्टिष्ट खबर/असार, काठमाडौं ।</b><br></pre><p style="text-align: justify; ">चलचित्र ‘फाटेको जुत्ता’का निर्देशक निकेश खड्काको निर्देशमा चलचित्र ‘चपली हाइट ३’ निर्माण हुने भएको छ । निर्माता अर्जुन कुमारले केही समयअघि ‘फाटेको जुत्ता २’ निर्माण गर्ने घोषणा गरेका थिए । तर अहिले उक्त प्रोजेक्ट धरौटी राख्दै हाल ‘चपली हाइट ३’ निर्माणमा हात हालेका छन् ।</p><p style="text-align: justify; ">निर्माता अर्जुनले ‘चपली हाइट ३’ नौलो कथामा निर्माण हुने बताएका छन्। थ्रिलर र ग्ल्यामर कथामा बन्ने यस चलचित्रको छायांकन&nbsp; साउनदेखि सुरु हने उनको भनाइ छ। चलचित्रको मुख्य भूमिकाकोलागि प्रेम जोडी नायक सौगात मल्ल र नायिका श्रृष्टी श्रेष्ठसँग कुराकानी भइरहेको छ। समयतालिका हेरेर सौगातले चलचित्रकालागि ठेट निर्णय दिन बाँकी छ। चलचित्रमा अरु २ नयाँ नायिका रहने अर्जुनले बताएका छन्। </p><p style="text-align: justify; ">चलचित्रमा आमिर गौतम, प्रतिक श्रेष्ठसँगै अरु २ नयाँ नायिका रहने अर्जुनले बताएका छन् । प्रियंका कार्कीको पनि सानो भूमिका रहने यस चलचित्रको पहिलो र दोस्रो पार्ट ‘चपली हाइट र चपली हाइट २’ व्यापारिक रुपमा ठिकै सफल भएका थिए । तर यि तीनै चलचित्र कुनै पनि एकअर्का सँग मिल्दो जुल्दो नरहेको र नरहने निर्माण टिमको भनाइ छ ।&nbsp;</p>