म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

पाँचौं सुन्दरादेवी सन्देश म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरिएको छ । राजधानीमा आयोजीत कार्यक्रममा उत्कृष्ट पाँच मनोनयन सार्बजनिक तथा प्रमाण–पत्र प्रदान गरियो । ‘आफ्नै पन, आफ्नै शान, स्रष्टा सर्जकलाई सम्मान, नेपाली सङ्गीतको विकासमा वेग्लै हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन गइरहेको अवार्डको पाँचौ सस्करण नेपाल बाहिर थाइल्याण्डमा हुने समेत जानकारी गराइएको थियो । अवार्डमा राष्ट्रिय गीत, तामाङ सेलो, म्याहेन्दोमाया, आधुनिक, पप र लोकदोहोरी गरि ४० विधामा मनोनयन सार्वजनिक भएको छ ।अवार्डको अध्यक्ष किरण अधिकारीको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका निर्देशक तथा छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले कार्यक्रममाथी प्रकाश पारेका थिए । अध्यष किरणले आउँदो २ अगस्टमा थाइल्याण्डको पताया शहरमा अवार्डको फाइनल गरिने जानकारी दिए ।

अधिकारीका अनुसार केहि समयमा उत्कृष्ट तीन सार्वजनिक गरिने तयारी भइरहेको छ । ‘थाइल्याण्डमा जानका लागी ४० बिधा भएकाले उत्कृष्ट पाँचको समूह धेरै हुन्छ । फेरी उत्कृष्ट तीन निकाल्ने की भन्ने सोचमा छौं, केहि दिनमा यो कुराको पनि टुँगो हुन्छ ।’ अधिकारीले भने । ‘यसबर्षको अवार्ड पनि भब्य र सब्य बनाउने प्रयासमै छौं ।’ नेपाली गीतसंगीतको क्षेत्रलाई फराकिलो बनाउने उदेश्यले यसपटकको अवार्ड फाइनल थाइल्याण्डमा गर्न लागिएको अधिकारी बताउँछन् ।

मनोनयनमा परेकाहरुले बिदेश जानका लागी खर्च गर्नुपर्छ कि नाई भन्ने हिमालय टाइम्सको जिज्ञासामा उनी भन्छन् ‘कम्पनीका केहि नियमहरु छन् ति पालना गर्नुपर्छ । कलाकारहरुले केहि पैसा पक्कै लगाउनुपर्छ र केहि कम्पनीले बेहोर्ने छ ।’ उनले कलाकारले यतिनै खर्च गर्नुपर्छ भन्ने खुलाएनन् तर केहि भने अवस्य खर्च गर्नुपर्ने बताए । मनोनयन सार्वजनिक कार्यक्रममा वरिष्ठ हाँस्यकलाकार उत्तम के.सी. गीतकार भरत वम्जन, निर्देशक माधवराज खरेल, अभिनेता श्रीदेव भट्टराई, गायक सिताराम पोखरेल, साकुरा नेपाल कन्सल्टेन्सीको प्रबन्ध निर्देशक अनुजकुमार श्रेष्ठ, लोकदोहोरी गायिका धनकुमारी थापा तथा गीतकार राजेन्द्र पुरीलगायतले मनोनयनमा परेका सर्जकहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।