नगेन्द्रलाई राष्ट्रिय सम्मान

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

गीतकार संघ नेपालले आफ्नो नवौँ वार्षिकोत्सवको अवसरमास्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शनिवार आयोजीत कार्यक्रममा यो वर्षको राष्ट्रिय स्रष्टा पुरस्कारबाट प्रतिष्ठीत गीतकार नगेन्द्र थापालाई नगद राशि एक लाख एक रुपैयाँ राष्ट्रिय श्रस्टा सम्मान – २०७५ प्रदान गरियो ।

यस्तै हङकङमा रहेका गीतकार रामकृष्ण बान्तवालाई नगद राशि एघार हजार रुपैयाँ सहित डायस्पोरा श्रस्टा सम्मान – २०७५, बर्ष गीत पुरस्कार – २०७५ डा. डि. आर. उपाध्याय र हाङयुग अज्ञात सयुक्त रूपमा एकाउन्न हजार, बर्ष गीति पुस्तक -२०७५ गौरव गुरुङ र उर्मिला कोइरालालाई सयुक्त रूपमा एकाउन्न हजार नगद राशि सहित सम्मान गरिएको थियो ।

संघका सल्लाहकार यादव खरेलले राष्ट्रिय स्रष्टा सम्मानबाट पुरस्कृत थापाको व्यक्तित्वका बारेमा चर्चा गर्दै उनी अन्तरमुखी र सहयोगी स्वभावको कलाकार भएको बताए । उनले दार्जिलिङ र नेपालको सुगम सङ्गीतलाई जोड्न महत्वपूर्ण भूमिका रहेको बताए । साहित्यकार प्रकाश सायमीले गीतकार थापाले नारायण गोपाललाई स्थापित गर्न र माधव घिमिरेलाई राष्ट्रकवि बनाउनमा समेत अग्रणी भूमिका रहेको बताए । सम्मानित गीतकार थापाले सम्मानबाट आफूलाई आन्तरिक ऊर्जा मिलेको बताए ।

संघका अध्यक्ष चूडामणि देवकोटा र अधिवक्ता तथा सदस्य रमेश कोइरालाले गीत सङ्गीत र साहित्यका माध्यमबाट समाजलाई सही मार्गमा डोर्याउन सङ्घले आफ्ना गतिविधि सञ्चालन गरिरहेको बताए । पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले कलाकारले तराई र पहाडलाई जोड्न अभिप्रेरित गर्ने गीत सङ्गीत बनाउनुपर्ने बताए।