‘मेरो गाउँ, मेरो ठाउँ’ प्रतियोगीताको मनोनयन सार्वजनिक

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

‘हामी उठ्ने छौं’ फाउन्डेसनले भ्रमण वर्ष सन् २०२० केन्द्रित रहेर ‘मेरो गाउँ, मेरो ठाउँ’ नामक भिडियो प्रतियोगिता आह्वान गरेसँगै मनोनयन सार्वजनिक गरिएको छ । गएको शनिबार आयोजीत कार्यक्रममा प्रतियोगीताका लागी ८ विधामा ४७ वटा भिडियो मनोनित भएको जानकारी दिइयो।

सातवटै प्रदेशबाट पठाइएका १३२ मध्य प्राविधिक गुणस्तर र विषयवस्तुका आधारमा मनोनित भडियोहरुको नाम सार्वजनिक गरिएको हो । गत पुस १६ गते प्रतियोगिता घोषणा गरिएको थियो । कार्यक्रम घोषणा भएदेखि ३१ मे सम्ममा प्रेषित भिडियोहरु पब्लिक च्वाइस, फ्युचर स्टार, बेस्ट स्कृप्ट, वुमन भिडियो, मोस्ट पोटेन्सियल डेस्टिनेसन, बेस्ट टेक्निकल, बेस्ट भिडियो, मोस्ट इनरजेटिक भिडियो मेकर गरी ८ विधामा मनोनयनमा परेका छन् । प्रतियोगीताको अन्तिम नजिता असार १६ गते हुँदैछ।

आयोजक निर्मल श्रेष्ठका अनुसार नेपालका दुर्गम ठाउँहरुमा रहेका चिनाउन प्रतियोगीता आयोजना गरेको बताए । यो प्रतियोगीतामा सहभागी हुनको आफ्नो क्षेत्रमा पर्यटकीय संभावना बोकेको संस्कृति, पर्यटकीय क्षेत्र तथा खानेकुराको भिडियो बढीमा ५ मिनेटको हुनुपर्ने नियम थियो । भिडियो अभिनेत्री करिश्मा मानन्धर, सम्झना उप्रेति रौनियार, निर्मल शर्मा, प्रदिप उपाध्याय, जगदिश तिवारीले संयुक्त रुपमा छानेका हुन् । उत्कृष्ट भिडियोले एक लाख, दोस्रोले ५० हजार र तेस्रोले २५ हजार पुरस्कार पाउने छन् । पब्लिक च्वाइस अवार्डमा उत्कृष्ट हुने एक भिडियोले एक लाख पुरस्कार पाउनेछ। उत्कृष्ट सम्पादन र उत्कृष्ट लेखनले समेत २५ हजार रुपैयाँ पाउने आयोजक जानकारी दिएको छ।