‘पोइ पर्यो काले’मा दुलाह दुलहीको रुपमा आकाश र पुजा

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

चलचित्र ‘पोइ पर्यो काले’को छायांकन लगभग सकिएको छ । एक गीतको छायाँकन नसकिदै निर्माण टिमले चलचित्रको केही तश्विर सार्वजनिक गरेका छन्। चलचित्र सेटबाट टिमले मुख्य भूमिकामा रहेका नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ र सौगात मल्लको तश्विर सार्वजनिक गरेको हो ।

तश्विरमा आकाश र सौगात दुलहाको पहिरनमा देखिएका छन् भने पूजा दुलहीको पहिरनमा देखिएकी छिन् । एक तश्विरमा सौगात एक्लै देखिएका छन् भने अर्कोमा आकाश र पूजालाई दुलहा दुलहीको रुपमा एकसाथ देख्न सकिन्छ। उक्त तश्विरले दर्शकलाई निकै अन्यौलमा पारेको छ। तश्विरले दर्शकलाई चलचित्र हेर्नकालागि कौतुहलता जगाएको छ ।

तिहारका छेको पारेर कात्तिक ८ गते प्रर्दशनमा आउने यस चलचित्र शिशिर राणाले निर्देशन गरेका हुुन् । चलचित्रमा सौगात मल्ल, पुजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको छ भने सोहित मानन्धर, सुरक्षा पन्त, राजाराम पौडेल, बिन्दा खतिवडा, जयनन्द लामालगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय रहेको छ । श्याम बहादुर थापा प्रस्तुतकर्ता रहेको चलचित्रमा दिपक मनाङ्गे र आ देवि राईको लगानी रहेको छ ।

‘पोई पर्यो काले’का कार्यकारी निर्मातामा किरण नेपाली र रधु परियार हुन् । अर्जुन खनिया र देव तामाङ सह निर्माता रहेको चलचित्रमा तारा प्रकाश ’किम्भे’ को सम्पादन रहेको छ । शिव ढकालले छायाँकन गरेको चलचित्रका गीतमा सुवास भुषाल र पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन् । चलचित्रको कथा निर्देशक राणालेनै लेखेका हुन् ।