फुलन्देको आमा र लट्टेको तीज विशेष ‘जोईटिङ्ग्रेमा अगुल्टो हाना हान’ (भिडियो)

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

कलाकार राष्ट्रका गहना मात्र होइन समाजमा घटेका विभिन्न जल्दाबल्दा विषय बस्तुलाई शब्द र संगीतमा ढालेर उजागर गर्ने अर्थात जनमानसमा सु-सुचित गर्ने एउटा दरिलो माध्यम पनि हो। जस्तै पछिल्लो समयको यो वैदेशिक रोजगारीले भित्र्याएको विकराल अवस्थालाई यहाँ गीत मार्फत प्रस्तुत गरिएको पाईन्छ। मानौँ खान्छु खिरै खिर मेरो बुढाले ४/५ लाख कमाउछन् मलाई के को बाल।पछिल्लो समयमा परिवारको कुनै एकजना महिला होस् या पुरुष परदेश जाने र कमाउने प्रचलन निकै मौलाएको छ। कमाउछन् खान्छन् लगाउछन् यसमा मेरो केही भन्नू छैन। हो हाम्रा बाउ बाजेहरु पनि नुन ल्याउन खुट्टाले हिडेर भारत गएको कुरा सबैले सुनेकै हो, जसमा हामी परदेश जानू कमाउनु खासै ठुलो कुरा जस्तो लाग्दैन् तर यहाँ ठिक त्यसको विपरीत काम कार्वाही अघि बढेको छ।

बुढा नभएको घरमा कहिकतै कृष्ण अवतार पनि सञ्चालन भएको छ, भने कहिकतै बच्चाहरुलाई राम्रो स्कुल पढाउने नाममा शहर पस्ने चलन बढेको छ। राम्रो स्कुल पढाउनु ठुलो होइन, तर त्यसभित्र लुकेको कहालीलाग्दो सत्य कथाले नितान्त सबै बुद्धिजीवी तथा सम्पूर्ण अभिभावकलाई दिनदिनै पिरोलिरहेको छ। काहीं यस्तो पनि देखिन्छ कि बुढा परदेश छ तन्न कमाउछ छ मलाई के को बाल, समग्रमा यो नितान्त गलत प्रविधि हो। यहाँ यस्तै यस्तै शब्दहरुको समायोजन गरि एउटा तीज विशेष गीति एल्बम जोईटिङ्ग्रे तयार भएको छ। चेलिहरुको महान पर्व हरितालिका तीज विषेश त हिन्दू नारीहरूले बढी मनाउने एउटा महत्त्वपूर्ण चाड हो। यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म मनाइन्छ। तीजमा नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ। महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि देखासेखी हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

तीज आउन अझै केही समय बाँकी रहेपनि कलाकार मित्रहरूलाई भने तीजको गीतहरु बजारमा ल्याउन निकै हतार छ। जस्तै जोईटिङ्ग्रे असारको पहिले हप्तामै बजारमा सार्वजनिक  भएको छ। यस गीतमा शब्द संगीत एल बि सुवास ९लाल बहादुर डाँगी० को रहेको छ भने चार जनाले संयुक्त स्वर दिनु भएको छ एल बि सुवास, मिना थापा, कल्पना गुरुङ र मनोज घर्ती । मनोज घर्ती र कल्पना गुरुङ र गोपाल पुरीको संयुक्त प्रस्तुतिमा बजारमा ल्याएको जोईटिङ्ग्रेलाई काजिस् श्रेष्ठले निर्देशन गरेकाछन् भने अजय रेग्मीले अटोग्राफ गरेको छ। यसमा कलाकार भने पछिल्लो समयका निकै भाइरल जोडि उमेश राई, फुलन्देको आमाू र राजेन्द्र नेपालीू लट्टेको प्रमुख अभिनय रहेको देखिन्छ साथमा रेष्मी भट्ट, एल बि सुवास, हिरा गुरुङको पनि अभिनय रहेको छ र यस गीतलाई गामवेसी अनलाइन खबर युटुब च्यानल मार्फत बजारमा ल्याईएको छ।

song: