निता ढुँगाना सम्मानित

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

वर्षभरी नेपाली चलचित्रबाट एक पछि अर्को गर्दै उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्दै आएकी अभिनेत्री निता ढुँगाना काठमाडौंमा एक समारोहबीच सम्मानित भएकी छिन् ।काठमाडौंको मिन भवन र पेप्सिकोलामा रहेको 'रविना ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर'ले शनिकार काठमाडौंमा विशेष समारोहबीच अभिनेत्री नितालाई विशेष योगदान सम्मानबाट सम्मानित गरेको हो ।

यो संस्थाले वर्षेनी एक व्यक्तिलाई विशेष योगदान सम्मान प्रदान गर्दै आएको छ । चलचित्र पञ्चायतबाट २०७५ सालमा नेपालका सबैजसो फिल्म अवार्डसँगै विभिन्न अन्तराष्ट्रिय फिल्म फेस्टिबलमा पनि उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेर नेपालको नाम समेत चिनाएको भन्दै उनलाई सम्मानित गरिएको छ । सो पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष एवम् व्युटिसियन सुलोचना श्रेष्ठले निताले यो १७ वर्षको फिल्मी करिअरमा उत्कृष्ट काम गरेको र नेपाली चलचित्र उधोगलाई माथि उठ्नमा ठुलो योगदान पुर्याएकाले सम्मान गरिएको बताईन् । अभिनेत्री निताले पनि यो सम्मानले आफुलाई अझ राम्रो काम गर्न प्रेरण मिलेको बताईन् । सो प्रशिक्षण केन्द्रले अहिलेसम्म चार हजार चार सयव्यक्तिलाई व्युटी सम्बन्धि प्रशिक्षण दिएको सञ्चालक गगन श्रेष्ठले कार्यक्रममा जानकारी गराए । यस पार्लर तथा ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिएर सिटिईभिटीबाट पहिलो तहको सिप परिक्षण परिक्षा उतिर्ण गरेका करिब १५० विधार्थीहरुलाई सोही कार्यक्रममा सिटिईभिटीको प्रमाणपत्र पनि प्रदान गरियो ।