चौथो ‘लैबरी सिङगिङ स्टार’को अडिसन सुरु

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

गायन रियालिटी शो ‘लैबरी सिङगिङ स्टार’को चौथो सिजन सुरु भएको छ । छिट्टैनै एनटिभी प्लसबाट प्रशारण हुनेगरी अहिले अडिसन चलिरहेको छ । विद्यार्थी लक्षित यस गायन प्रतियोगिताको पहिलो अडिसन जेष्ठ १८ गते काठमाडौंमा भएको थियो भने, नुवाकोट र धादिङमा पनि अडिसन सम्पन्न भइसकेको छ ।

चितवनमा असार २८ र सोलुखुम्बुमा असार १४  गते अडिसन हुने मिति तय भएको आयोजक टिमबाट जानकारी आएको छ । सनसाइन प्रोडक्शन हाउसको आयोजनामा हुन लागेको यस प्रतियोगिताका लागि विभिन्न दश शहरमा अडिसन हुनेछ । बाँकी शहरमा अडिसन हुने मिति केही दिनमा सार्वजनिक गरिने प्रोडक्शन हाउसकी अध्यक्ष प्रमिला तामाङले जानकारी दिइन् ।

बालबालिकाको गायन प्रतिभामा निखार ल्याउन र आत्मविश्वास बिकासका लागि ‘लैबरी सिङगिङ स्टार’ को सुरुवात गरिएको प्रोडक्शन हाउसकी अध्यक्ष प्रमिला बताउँछिन् । बाल–बालिका केन्द्रीत रियालिटी शो खासै नहुने देखेर यस प्रतियोगिता सुरु गरेको गायिका समेत रहेकी तामाङको भनाई छ । अघिल्लो सिजनभन्दा चौथो सिजन अझ स्तरिय र उत्कृष्ट बनाउने उनको दाबी छ ।

‘लैबरी सिङगिङ स्टार’ सिजन ४ मा गायक नारायण लामा, लोकप्रिय गायक राज सिग्देल र गायिका प्रमिला तामाङ प्रमुख निर्णायकको रुपमा रहेका छन् । अघिल्लो सिजनमा गायक सिग्देल निर्णायकमा थिएनन् । उनले ‘लैबरी सिङगिङ स्टार’ को उद्येश्यबाट प्रभावित भएका कारण आबद्ध भएको बताए । यस प्रतियोगितामा विजेता हुनेले नगद २ लाख प्राप्त गर्नेछन् ।