‘कबिर सिंह’प्रति यूवायूवतीहरुको क्रेज

मुम्बई , एजेन्सी ।

बलिउड अभिनेता साहिद कपुरले यतिबेला दर्शक तथा चलचित्र मेकर्सहरुको वाहवाह पाइरहेका छन्। बिवाहपछि चलचित्र क्षेत्रमा त्यति नछाएका उनको हाल प्रर्दशन भइरहेको चलचित्र ‘कबिर सिंह’ले बक्सअपिसमा आक्रमक ब्यापार गर्नुको साथै उनको अभिनयको चर्चाले थप दर्शकलाई हलसम्म डोहोर्याइरहेको छ। बिशेष गरी चलचित्रप्रति यूवायूवतीहरुको क्रेज देख्दा चलचित्रले अझै रफ्तार ब्यापार गर्ने छाटकाँट देखिएको छ। शुक्रबारबाट प्रर्दशनमा आएको यस चलचित्रले पहिलो दिन नै भारतमा २० करोड २१ लाख कमाएको थियो। त्यसै गरी शनिवार प्रर्दशनको दोस्रो दिन चलचित्रले बक्सअफिसमा २२ करोड ७१ लाख कलेक्ट गरेको थियो। आइतबार बिदाको दिन २७.९१ करोड कमाायो । लभस्टोरी फ्लेवरमा निर्माण भएको ‘कबिर सिंह’ले सोमबार भने १७.५४ करोड कमाई गरेको छ ।

चलचित्रले प्रर्दशनको ४ दिनमै ८८.३७ करोडको कमाई गरेको छ। आज मंगलबारको समेत आँकडा जोडदा चलचित्रले सय करोडको आँकडा छुने अनुमान गर्न सकिन्छ। मंगलबारको आँकडा हाल सार्वजनिक भएको छैन। पाँचदिनमै सय करोड कमाएको यस चलचित्र २ सय करोडको रफ्तारमा दोडिरहेको छ। ‘कबीर सिंह’मा अभिनेत्री कियारा आडवाणीले शाहिद कपूरकी प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन्। तेलुगू चलचित्र अर्जुन रेड्डी को हिन्दी रिमेक यस चलचित्र कबीर राजवीर सिंह नाम गरेको एक डाक्टरको कहानीमा घुमेको छ ।