‘द डार्क एण्ड लाइट’ को छायांकन सम्पन्न

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

चलचित्र ‘द डार्क एण्ड लाइट’ को सम्पूर्ण छायांकन सकिएको छ। मंगलबार पोखरामा चलचित्रको ‘राधा कृष्ण‘’ गीतको छायांकनसंगै चलचित्रको सम्पूर्ण छायांकन सम्पन्न भएको घोषणा गरिएको हो । खालिङ सिस्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रको उक्त प्रमोशनल गीतमा अभिनेत्री मरिष्का पोखरेलले आकर्षक नृत्य गरेकी छिन् । राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत निर्देशनको उक्त गीतमा डेविड शंकर तथा सरस्वती भुजेलको पाश्र्व गायन छ ।

चलचित्रको छायांकन सम्पन्न भए लगत्तै यसको प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ । चलचित्रकी निर्मात्री तथा कलाकार सरस्वती भुजेलका अनुसार यो चलचित्र यही भदौ ६ गते शुक्रवारदेखि देशव्यापी प्रदर्शन हुनेछ। चलचित्रलाई राजु अर्याल, पिटर खालिङ तथा सरस्वती भुजेलले निर्देशन गरिरहेका छन् ।

चलचित्र समसामयिक विषयमा आधारित छ। चलचित्रले हरेक व्यक्तिमा हुने नकारात्मक तथा सकारात्मक पक्षलाई उजागर गर्ने बताइएको छ । चलचित्रका प्रस्तुतकर्ता तथा अभिनेता पिटर खालिङका अनुसार चलचित्र कमेडी, रोमान्स तथा द्वन्द्वप्रधान छ। चलचित्रमा पिटर खालिङ र सरस्वती भुजेलसहित सेसुका राई, प्रिन्सा राई आदी कलाकारहरुले मुख्य भूमिका निर्वाह गरेका छन् । चलचित्रमा कुमार महर्जनको द्वन्द्व निर्देशन छ भने चलचित्रलाई शिव ढकाल तथा सविन भट्टराईले छायांकन गरेका छन्। कमल राई यो चलचित्रको कोरियोग्राफर हुन् । सरस्वती भुजेल तथा पिटर खालिङ नै निर्माण रहेको यो चलचित्रको कथा, पटकथा तथा संवाद अभिनेता पिटर खालिङले तयार पारेका हुन् ।