‘उत्कृष्ट २५ मा पर्नुनै ठूलो कुरा हो’ : दिवयानी ओली

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

चलचित्र ‘प्रेम गीत ३’को ‘गीत’ भूमिकाका लागी उत्कृष्ट २५ को अडिसन सकिएसँगै निर्माण टिम उत्कृष्ट ६ को नाम सार्वजनिक गर्ने तयारीमा जुटेको छ । यस्तै उत्कृष्ट २५ मा परेकी दिवयानी ओली पनि नतिजाको पर्खामा छिन्। आफूले पुर्णरुपमा अडिसन राम्रो गरेको दिवयानीले बताएकी छिन् ।

दिवयानीले आफू उत्कृष्ट ६ मा पर्नेमा आशावादी रहेको बताइन् । साथै ‘गीत’ भूमिकाका लागी आफू छानिएमा बेष्ट माथि बेष्ट गर्ने बताइन् । यस्तै उनले यदि प्रेमगीत ३ को नायिकामा नछानिएपनि उत्कृष्ट २५ मा पर्नुनै ठुलो कुरा भएको बताइन् । ‘म गीतको लागी छानिन्छु या छानिदैन त्यो कुरा त अहिलेनै थाहा छैन तर उत्कृष्ट २५ मा पर्नुनै मेरो लागी ठुलो कुरा हो ।’ दिवयानीले भनिन् । ‘२५ मा छानिनु नै उत्कृष्ट एकमा परेजस्तै हो । चलचित्र टिमलाई धन्यवाद दिन चाहान्छु ।’ दिवयानीले ‘ब्ल्याण्ड रक्स’ चलचित्रबाट अभिनय क्षेत्रमा होमिएकी थिइन् । साथै उनी बिगत एकबर्ष देखी थिएटरमा अभिनय कला सिक्दै पनि छिन् ।