‘गलबन्दी’ गायक प्रकाश सपुत र शम्भु राईबीच भयो यस्तो सहमती

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

केही समयदेखि बिवादमा परेको 'गलबन्दी' गायक प्रकाश सपुत र शम्भु राईबीच सहमती भएको छ। यसअघि संगीतकार तथा गीतकार शम्भु राईले प्रकाश सपुतलाई आफ्नो देउसी भैलो गीत ‘आउ नाचौं साथी हो’को लय चोरी गरेको आरोप लगाएका थिए। उनले आफ्नो लय 'गलबन्दी'मा लगेर मिसाएको भन्दै प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिन पुगेका थिए। सपतुले भने गीत संयोगवश मिल्न गएको बताइरहेका थिए।

'गलबन्दी'मा शम्भु राईको नाम संगीतकारका रुपमा राख्नेगरी सहमति भएको छ। उनीहरुको प्रतिलिपी अधिकार रजिस्टारको कार्यलयममा छलफलमै सहमतिमा भएको हो। गीतमा प्रकाश सपुतको नाम भने ‘पुनः संगीत’मा रहने बताइएको छ। सहमतिपछि राईले उजुरी फिर्ता लिनेछन् भने सपुतले गीतमा राईको नाम थप गर्नेछन्। गीतको प्रतिलिपि अधिकार भने सपुतसँगै रहनेछ।