वर्ल्ड नेपाली म्यूज़िक अवार्डको अस्ट्रेलिया संयोजकमा इन्दिरा चयन

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

अमेरिकाको न्यूयोर्कमा पहिलो पटक हुन गइरहेको ‘वर्ल्ड नेपाली म्यूज़िक अवार्ड २०१९’का लागी बिभिन्न देशहरुमा संयोजक चयनको काम भइरहेको छ । यसैबिच अस्ट्रेलियाका लागी इन्दिरा रोका चयन भएकी छिन् ।  इन्दिराको आज परेको जन्मदिनको अवसरमा अस्ट्रेलिया संयोजकमा चयन गरिएको हो । उनी  प्रथम मिसेस नेपाल अस्ट्रेलियाको बिजेता समेत हुन् ।

लामो समय अस्ट्रेलियामा बसोबास गर्दै आएकी इन्दिरा अस्ट्रेलियामा हुने बिभिन्न कार्यक्रमहरुमा सहभागी भएर आफ्ना धारणा राख्दै अनुभव बटुल्दै आएकी छिन् । यसैबिच ‘वर्ल्ड नेपाली म्यूज़िक अवार्ड २०१९’को संयोजकको रुपमा चयन भएसँगै उनले अब यस अवार्ड सम्पन्न गर्नका लागी अस्ट्रेलियाबाट ठुलो भूमिका खेल्नेछिन् ।

वर्ल्ड कनेक्सन युएस इन्कको आयोजनामा हुन गईरहेको यस अवार्डका लागी अन्य देशहरुमा पनि संयोजक चयनको काम भइरहेको छ । यस अवार्डमा सहभागीता जनाउन चाहाने कलाकारहरुले यहि जुन २१ गतेदेखि अगष्ट ३० सम्म संसार भरीबाट दर्ता गराउन सक्ने अवार्ड संयोजक सुमन बुढा मगरले जानकारी दिए ।

सेप्टेम्बर २९ बाट संसार भरीबाट भोटिङ गरी उत्कृष्ट १० मा परेका प्रतिभाहरुलाई जुरीको तर्फबाट ४० प्रतिशत र प्रत्यक्ष मतबाट ४० प्रतिशत र सामाजिक सञ्जालबाट २० प्रतिशत जोडी १०० प्रतिशतमा उत्कृष्ट ३ हरेक बिधाबाट चुनिने आयोजक संस्थाका अध्यक्ष आङ गेलु शेर्पाले जानकारी दिए ।

आर्टिष्ट खबर डटकम र हिमालय टाइम्स राष्ट्रिय दैनिक ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड न्यूयोर्क २०१९’को अफिसियल मिडिया पार्टनरको रुपमा रहेका छन् ।