ज्योतिको कति ‘रातहरु‘ सार्बजनिक (भिडियो)

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

चित्रकार, गायक एवं संगीतकार ज्योति प्रकाश स्वर र संगीतमा रहेको 'कति रातहरु' बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । यस अघि विन्ती छ मलाई, हिजो भन्दा आज राम्री, जाने निस्ठुरी लगायतका गीतबाट सफलता पाएका गायक ज्योति प्रकाशले यस पटक पनि नेपाली सुगम संगीतलाई अझ माथी उठाउने प्रयास गरेका छन् ।

नेपाली चित्रकलामा ख्याति कमाएका अझ भनौं प्रख्यात चित्रकारले नेपाली सुगम संगीतलाई अझ नयाँ उचाइमा लैजान सक्ने प्रसस्त सम्भावना देखिन्छ । सानै देखि कला, संगीत र साहित्यमा रुचि भएका गायक ज्योतिको यस सार्बजनिक गीतको भिडियोमा नेपाली समसामयिक विषय बस्तु उठान गरिएको छ । चन्द्र भट्टचनद्वारा लेखिएको यस गीतलाई गायक ज्योति प्रकाशले आफैं संगीत भरेका छन् । यस कति रातहरु बोलको गीतको भिडियोलाई मिलन कार्कीले निर्देशन गरेका छन् भने सन्तोष पिथाकोटी मगरले खिचेका हुन् । मिलन कार्की आफैंले सम्पादन गरेको यस भिडियोमा पुस्तक रेग्मी, रञ्जु भुजेल र भिम मगरको अभिनय रहेको छ ।यस गीतलाई परेली संगीतको युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ।

song: