‘प्रेमगीत ३’मा राजेशमा नरहनुको कारण यस्तो

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

नायक राजेश हमाल पछिल्लो समय चलचित्रमा देखिएका छैनन् । यसैक्रममा केहि समय अघिदेखी नयाँ चलचित्र ‘प्रेमगीत ३’ रहने हल्ला चलिरहँदा अन्तिम समयमा चलचित्र नगर्ने पक्का भयो र उनको ठाउँमा अभिनेता शिव श्रेष्ठ अनुबन्धित भइसकेका छन् । अभिनेता राजेशले आफूले समय दिन नसकेकै कारणले ‘प्रेमगीत ३’ अस्विकार गरेको बताएका छन् ।

‘मलाई चलचित्र युनिटले तीन पटकसम्म भेट गर्नुभयो तर मैले नै समय दिन नसक्ने भएकाले सक्दिन भनेको हुँ ।’ राजेशले अन्तर्वार्ताको क्रममा भनेका छन् । ‘मलाई चलचित्रको स्क्रिप्ट राम्रो लाग्यो । तर, मैले उहाँहरुलाई छायांकन सुरु हुने बेला मेरो समय नमिल्ला कि भनेको थिएँ। किनकि, आजभोली मैले फिल्म नगरे पनि व्यस्तता झनै बढेको छ । यता को बन्छ करोडपति, क्युज लगायतका टिभी कार्यक्रमले पनि ब्यस्त बनाएको छ ।’

उनले आफूले पिताको रोल भएका कारण फिल्म छाडेको चर्चाको पनि खण्डन गरे। ‘एउटा कलाकारका लागि भूमिकाले अर्थ राख्दैन । हो, आफ्नो भूमिका कति शक्तिशाली छ भन्ने चाहिँ हुन्छ तर यो गर्ने त्यो नगर्ने भन्ने चाहिँ हुँदैन । मैले पिताको भूमिका भएकै कारण ‘प्रेमगीत ३’ छाडेको चाहिँ होइन’, उनले भने ।