काले दाई र ओई काले भन्नुमा फरक छ: राजु परियार

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

नेपाली लोक तथा दोहोरी गीत क्षेत्रमा चर्चित तथा लोकप्रिय गायक राजु परियारले पछिल्लो समय सामाजिक सञ्जालमा जातिय आक्षेप लगाउँदै लेखिएका स्टाटसले आफ्नो पनि मन दुखेको बताएका छन् । लोकप्रिय गीत ‘गलबन्दि’का गायक प्रकाश सपुतका बिषयलाई लिएर तुच्छ शब्दमा स्टाटस लेख्दा दलित मात्र नभई कुनैपनि जातिलाई सह्य नहुने राजुले बताए ।

‘अहिले सामाजिक सञ्जालमा अतिनै भयो । पछिल्लो केहिदिन यता जातिय कुराहरु ल्याएर जसरी दलित भनेर होच्याइएको छ । यो दलितलाई मात्र नभई सम्पुर्ण नेपालीलाई असह्य कुरा हो ।’ गायक राजुले आर्टिष्ट खबरसँग कुरागर्दै भने । ‘सामाजिक सञ्जालमा यस्तो बिकृती फैलाउनेलाई कानुनी घेरामा ल्याउनै पर्छ ।’ राजुले कुनैपनि मानिसलाई बोलाउने शैली सम्मान जनक हुनुपर्ने धारणा राखे । ‘कसैलाई काले दाई भनेर बोलाउनु र ओई काले भनेर बोलाउनु फरक छ । त्यस्तै सोल्टि र ओई सोल्टि भन्नुमा फरक छ । शब्दमा चयन गर्न सक्नुपर्छ ।’ राजुले भने ।

दश हजार बढी लोकगीत गाइसकेका गायक राजुले पछिल्लो समय गीत गायनमा कम गर्न थालेका छन् । यसैबिच यसबर्षको तीजका लागी अहिलेसम्म दुई गीत रेकर्ड भइसकेको पनि उनले जानकारी दिए । उनले गीतको संख्यामा भन्दा पछिल्लो समय आफूले गुणस्तरमा ध्यान दिन लागेको बताए ।

भिडियो कुराकानी हेर्न यहाँ क्लिक गर्नुहोस् ।

तस्बिर: नविन चापागाईं/ आर्टिष्ट खबर