‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सुरु

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

शनिबारदेखि अमेरिकाको राजधानी वासिङ्टन डिसी महानगर क्षेत्रको सिल्भरस्प्रिङमा नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०१९ सुरु भएको छ । शनिबार साँझाबाट सुरु भएको फेस्टिभलमा ३४ फिल्म प्रदर्शन हुनेछन्। महोत्सवमा नेपाली पानोरामाअन्तर्गत नेपाल र नेपाली परिवेशमा बनेका नेपाली तथा विदेशी निर्देशकका चलचित्र देखाइने छ भने अन्र्तराष्ट्रिय पानोरामाअन्तर्गत उत्कृष्ट अन्तर्राष्ट्रिय कथानक चलचित्र, वृत्तचित्र, लघुचलचित्र, एनिमेसनका सबै विधका चलचित्र देखाइने महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिए ।

विनोद पौडेलद्धारा निर्देशित चलचचित्र ‘बुलबुल’ प्रिमियर गरियो । तीन दिन सम्म चल्ने फेस्टिभल प्रविन सेङ्बोद्धारा निर्देशित ‘कथा ७२’ को विषेश प्रदर्शनसँगै समापन गरिनेछ । महोत्सवका मानार्थ अध्यक्ष नविन सुब्बाले नेपाली समाजलाई महोत्सवले कसरी जोड्ने भन्ने विषयमा छलफल गर्नेछन् ।

नेपाल अमेरिका फिल्म सोसाइटीद्धारा आयोजिना भएको यो महोत्सवमा नेपालका अन्र्तराष्ट्रिय ख्यातिप्राप्त निर्देशक मिनबहादुर भाम जुरी प्रमुख रहेका छन् भने ‘ल जोला फेसन फिल्म फेस्टिभलकी रेबेका बुस्टामिना र एमी अवार्ड विजेता समेत लेखक तथा निर्मात्री मिमि मचाडो लुसेस् रहेकी छन् । महोत्सवको रेडकार्पेटमा चलचित्रकर्मी, चलचित्र पारखी, दर्शक तथा विभिन्न संघसस्थाको व्यक्तित्वका लागि मुख्य आकर्षण बन्यो । महोत्सवमा उत्कृष्ट चलचित्रहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिनेछ ।