आर्टिष्ट खबर/ असार,काठमाडौं।

आज असार १५ गते हाँस्य कलाकार तथा निर्माता किरण केसीको जन्मदिन परेको छ। 'राता मकै' उपनामले चर्चित केसी आजबाट आफ्नो जीवनकालको दौडमा ६२ वर्षमा प्रवेश गरेका छन्। सधैँ आफ्नो दायित्वप्रति जिम्मेवार रहँने उनी ६२ वर्षसम्म आईपुग्दा हालसम्म आफूले देखेका सपना प्रायजसो सबै पुरा गर्दै आएको बताएका छन् ।

साठ्ठी बर्ष उभो लागेका उनी खानपानमा ध्यान दिएका कारण र हरेक कुरालाई सकारात्मक हिसाबले हेर्ने बानी कारण उनी अहिलेपनि १६-१७ वर्षेको किशोर जस्तै जाँगरिला र फुर्तिला देखिन्छन् । उनले भनेका छन् 'म छोरो निर्देशक भएको हेर्न चाहान्थे, उसले मेरो त्यो सपना पुरा गरेको छ । यसकारण मेरो परिवार एकदम खुशी छन्। घरपरिवारको खुशी नै मेरो खुशी हो।'

उनका छोरा सुदन केसीले चलचित्र दाल भात तरकारीबाट निर्देशनमा हात हालेका हुन् । मिजासिला केसीले अब आफूले बिताउने भोलिको दिनमा खासै केही सपना नदेखेको र चलचित्र क्षेत्रम रहँने र समाज सेवामा अग्रसर रहँने बताएका छन् ।

हामी आर्टिष्ट खबर डटकमको तर्फबाट किरण केसीलाई जन्मदिनको अनगिन्ती शुभकामनाका साथै आगामी दिनहरुमा उहाँलाई अझैँ सफलताको कामना ब्यक्त गर्दछौँ ।

१५ असार २०७६, आईतवार ०७:०६