‘नेपाल्स स्टार तथा प्लस साइज’का फरक प्रतिभा

आर्टिष्ट खबर/ असार,काठमाडौं।

सौन्दर्य प्रतियोगिता ‘नेपाल्स स्टार मोडल २०१९’ र ‘नेपाल्स् प्लस साइज मोडल २०१९ (सिजन –४)’का प्रतियोगीतले आ–आफ्नो प्रतिभा देखाएका छन् । सिद्धि मिडिया आयोजक रहेको यस प्रतियोगीताका प्रतिस्पर्धिहरुले आइतबार राजधानीको तिनकुनेमा आफूमा रहेका प्रतिभा देखाएका हुन् । सहभागी अधिकांशले गायन तथा नृत्य प्रतिभा देखाएका थिए । यस्तै केहिले अभिनय पनि देखाएका थिए।

दुबै प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा असार १८ गते बुधबार राजधानीमा आयोजना हुदैछ । कार्यक्रममा ‘नेपाल्स स्टार मोडल’ तर्फ १६ जना र ‘नेपाल्स् प्लस साइज मोडल’ तर्फ ८ प्रतियोगी भिड्दै छन् । सचु गुरुङ, बालकृष्ण पोखरेल, रीता केसी, अमिता शाह, आयुस ठकुरी, आकाश गिरी लगायत ट्यालेन्ट राउण्डको निर्णायकमा रहेका थिए । दुबै कार्यक्रममा युवायुवतीको ब्यक्तित्व बिकाश, क्षमता अभिबृद्धी र उपयुक्त प्लेटफर्म श्रृजर्ना गर्ने उदेश्यले आयोजना गरिएको सिद्धि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले बताए । शिर्ष सहित बिभिन्न आधा दर्जन बिधामा बिजेता छानिने प्रतियोगिताको शिर्ष विजेताले ३० हजार नगदसहित विभिन्न उपहार र फस्टअप रनर र सेकेन्ड अप रनरले क्रमशः २० र १० हजार नगद सहित विभिन्न उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ। सिद्धीले मिडियाले मोटाहरुको लागि नेपालमै पहिलो पटक यो प्लससाइज मोडल आयोजना गरेको हो । यस अगाडि सिद्धी मिडियाले मोटीहरुको लागि ‘मिस चम्बी मोडल’ समेत आयोजना गरेको थियो ।