सत्यराज आचार्यको स्वरमा ‘मधुर मिलन’ सार्वजनिक

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

डा. डीआर उपाध्यायको ‘हाम्रो मधुर मिलनको याद आयो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। लोकप्रिय गायक सत्यराज आचार्यको स्वर, सागर अधिकारी ‘सरद’को सङ्गीत, शाहस शाक्यको एरेञ्ज रहेको आधुनिक गीत हाम्रो मधुर मिलनको याद आयो’को भिडियो सार्वजनिक भएको हो। अञ्जिता कंडेलले निर्देशन गरेको गीतको भिडियोमा प्रविन बराल र स्मृति ओली फिचर्ड छन् । विनय तामाङले छायाँकन गरेको भिडियोमा माधव वेल्वासको सम्पादन रहेको छ । ‘हिरो २०१९’बाट सम्मानित गीतकार डा. डीआर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् । डी. आर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोतारदर्शकमाझ आएका छन्।

त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।केही दिन पहिला गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा डा. डीआर उपाध्यायलाई वर्ष ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृति गरिएको थियो । गीतकार सङ्घ नेपालले प्रदान गर्ने ‘वर्ष गीत पुरस्कर’ यो बर्ष ‘सन्तानको शिर उठाउन हजार ठाउँ शिर झुकाउने बाबालाई बिर्सिएर’ गीतबाट उनलाई ५१ हजार र सम्मानपत्रले सम्मान गरिएको हो । यो गीतमा सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र मनोज राजको स्वर रहेको छ ।

song: