‘जाइरा’सँग सुध्न पुग्यो ‘हजार जुनीसम्म’,कारण ‘साहो’ हो ?

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

चलचित्र ‘हजार जुनीसम्म’ तोकिएको प्रदर्शन मिति भन्दा केही दिन पछि धकेलिएको छ। यस चलचित्रका निर्देशक तथा लेखक विकास आचार्यले बताएअनुसार प्राविधिक काम सक्न समय लाग्ने भएपछि चलचित्र हप्ता पछि सरेको बताएका छन् । चलचित्रका लागि यसअघि तय गरिएको मिति साउन ३० गते थियो भने हाल प्रर्दशन मिति सरेर भदौ ६ गते पुगेको छ। तर चलचित्र वृत्तमा भने साउथ सुपरस्टार प्रभास अभिनित चलचित्र ‘साहो’को कारणले ‘हजार जुनीसम्म’ पछि सरेको चर्चा छ। आचार्यका अनुसार प्राविधिक कारणलेनै आफ्नो चलचित्रको प्रर्दशन मिति भदौ ६ लाई तोकेको बताए।

यही मितिमा अर्को चलचित्र जाइराले आफ्नो प्रदर्शन मिति तय गरिवरी प्रचार समेत सुरु गरिसकेको छ। आशुतोषराज श्रेष्ठले निर्देशन गरेको यस चलचित्रमा नम्रताले मिक्स मार्शल आर्ट खेलाडीको भूमिका निर्वाह गरेकी छिन्। चलचित्रका निर्देशक र सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद रहेको ‘हजार जुनीसम्म’मा पुरुषोत्तम प्रधानको छायाँकन रहेको छ भने अर्जुन जिसीको सम्पादन रहेको छ । चलचित्रमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत समावेश छ। डेव्यु ब्वाई अखिलेस प्रधान, सलोन बस्नेत स्वस्तिमा खड्का, प्रिंयका कार्की, आर्यन सिग्देल, शिवहरी पौडेल, संचिता लुईंटेल, र बालकलाकार अनुभव रेग्मीको पनि अभिनय रहेको चलचित्रका कार्यकारी निर्माता विशाल चाम्लिङ्ग हुन।