कुनैपनि काम गर्नुअघि धेरै डराउँछन् प्रदीप, ५१ दिनमा ३ वटै फिल्म

गोपिकृष्ण चापागाईं/ आर्टिष्ट खबर/ असार, काठमाडौं ।

निर्देशक प्रदीप भट्टराई पछिल्लो समय नेपाली चलचित्रक्षेत्रका निकै ब्यस्त र नाम चलेका निर्देशक हुन् । ‘जात्रा’ चलचित्रबाट निर्देशकिय यात्रा सुरु गरेका प्रदीपले ‘शत्रुगते’ हुँदै ‘जात्रै जात्रा’ सम्म आइपुग्दा असफल हुनुपरेको छैन । यी तिनै चलचित्र बक्स अफिसमा राम्रो ब्यापार गर्ने र ५१ दिन मनाउने चलचित्रको लिस्टमा पर्न सफल भए । जसले गर्दा प्रदीपको प्रशंशासँगै ब्यस्तता बढ्यो ।

अहिले प्रदर्शनरत चलचित्र ‘जात्रै जात्रा’ले यहि शनिबार (असार २१)बाट ५१ औं दिन मनाउँदैछ । यससँगै उनले ५१ दिन मनाउने चलचित्रबाट ह्याट्रिक गरेका छन् । निर्देशनका साना–साना पाटोलाई पनि निकै सुष्म तरिकाले केलाउने प्रदीपले कुनैपनि काम गर्नुअघि आफू निकै डराउने बताउँछन् । उनले काम गर्नुअघि डर भएकै कारण धेरै कुरामा ध्यान दिइने भएकाले काम राम्रो हुनेमा बिश्वास राख्छन् । उनी भन्छन् ‘मलाई कुनैपनि काम गर्नुअघि साह्रै डर लाग्छ । सायद सानैदेखी त्यस्तै माहोलमा हुर्किएको भएर होला । डर मान्नु स्वभाविक पनि हो जस्तो लाग्छ ।’

उनी बिहीबार राजधानीमा घोषणा गरिएको ‘कमेडी च्याम्पियन’ टेलिभिजन शोको जज मध्येका एक हुन् । आफूले पुनः एकपटक टेलिभिजनको पर्दामा फर्किएको उनले बताए । उनले सुरुवातका दिनदेखीनै आफ्र्नो नामको अगाडी निर्देशक नछुटेको तर यसपटक त्यो मेटिन लागेपनि ग्रहदशा नलागोस् भन्छन् । ‘अहिले नामको अगाडी निर्देशक मेटिदै छ तर यो कुराले ग्रहदशा चाँही नलागोस् । पक्कै राम्रो हुनेछ ।’ प्रदीपले भने । ‘जज बस्नु निकै गाह्रो काम पनि हो । मेरो बिचारमा पहिलो जज दर्शकनै हुनुहुन्छ । हामीले राम्रो प्रतिभा बाहिरिनु हुँदैन भन्ने कुरालाई ध्यान दिनेमात्र हो जस्तो लाग्छ ।’

‘कमेडी च्याम्पियन’मा उनीसँगै जजको रुपमा बरिष्ठ अभिनेता सन्तोष पन्त, हाँस्य अभिनेता मनोज गजुरेल र नायिका ऋचा शर्मा छन् । हँसाउने बिधालाई पेसा बनाउन चाहानेहरुका लागी अवसरको रुपमा ‘कमेडी च्याम्पिएन’को बिहीबार घोषणा गरियो । यस प्रतियोगीता आगामि भदौबाट कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुनेछ ।

Click Here for Video