खुमन र सपनाको ‘घरबार गर्ने सोँच’ (भिडियो)

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

यसबर्षको आउँदो तीजपर्वलाई लक्षित गर्दै तीजगीतहरु सार्वजनिक हुन थालिसकेका छन् । गतबर्ष जेठ महिनाबाटै तीजहरु युट्युवमा सार्वजनिक भएका थिए तर यसबर्ष दोहोरी प्रतिष्ठानको पहलमा जेठमा भने सार्वजनिक गर्न दिइएन र असारबाट गीतहरु सार्वजनिक भइहरेका छन् ।

यसैबिच चर्चित तथा लोकप्रिय लोकगायक खुमन अधिकारी र सपना थापाको स्वरमा रहेको ‘घरवार गर्ने सोँच’बोलको तीज गीत सार्वजनिक गरिएको छ । तीजको मौलिकता झल्किने यसगीतमा लय तथा शब्द सागर प्रधानको रहेको छ भने संगीत पनि उनले नै भरेका हुन् ।

शुक्रबार राजधानीको गजल घरानामा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतको भिडियो पनि प्रिमियर गरियो । भिडियोमा नायिका रेजिना उप्रेतीसँगै लोमश शर्मा र नव मोडल रेखा थापाको नृत्य रहेको छ । भिडियो प्रिमियर कार्यक्रममा नायिका रेजिना भने अनुपस्थित थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले मौलिकता झल्किने गीत बनेको बताए । साथै उनले आफूपनि कुनै समय एक गतिको दोहोरी गीतमा मोडलिङ गरेको पनि सम्झिए । उनले गीतको सफलताको शुभकामना दिए । सेलिब्रेटी नेपालले प्रस्तुतमा बनेको यस गीतको भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् भने भिडियो राजेश घिमिरेले खिचेका हुन् । यस्तै भिडियोमा विष्णु शर्माको सम्पादन रहेको छ ।

पत्रकार गोपिकृष्ण चापागाईंले सञ्चालन गरेको कार्यक्रममा भिडियोका कलाकार तथा अतिथिहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

Video: