‘वल्र्ड नेपाली म्युजीक अवार्ड’ अमेरिका संयोजकमा निशा चयन

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

चर्चित तथा लोकप्रिय गायिका निशा सुनार ‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’ को अमेरिका संयोजकमा चयन भएकी छिन् । नेपाली अमेरिकन कलाकार संघको वरिष्ठ उपाध्यक्ष समेत रहेकी निशा आउँदो नोमेम्बरमा सम्पन्न हुन गइरहेको ‘वल्र्ड नेपाली म्युजिक अवार्ड २०१९’का लागी अमेरिकाबाट संयोजकको हिसाबमा सहयोग गर्नेछिन् । बिगत पाँचबर्ष देखी अमेरिकामा बस्दै आएकी निशा अमेरिकामा आयोजना हुने नेपाली कार्यक्रमहरुमा सहभागी जनाउँदै पनि आएकी छिन् ।

वर्ल्ड कनेक्सन युएस इन्कको आयोजनामा अमेरिकाको न्युयोर्क शहरमा हुने ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’ लाई भब्य रुपमा सम्पन्न गर्न यसअघि अस्ट्रेलिया संयोजकमा प्रथम मिसेस नेपाल अस्ट्रेलिया बिजेता इन्दिरा रोका र दक्षिण कोरिया संयोजकमा सफल बयबसायी तथा समाजसेबि ओम जुगजाली, यस्तै इजरायलबाट गीतकार तथा अन्तर्रास्ट्रिय कलाकार मन्च इजरायलको अध्यक्ष दाना कादम्बरी भैसकेका छन् । अरु देशहरुमा पनि संयोजक चयनको काम भइरहेको अवार्ड संयोजक सुमन बुढा मगरले आर्टिष्ट खबरलाई जानकारी दिए ।

वर्ल्ड नेपाली म्युजिक अवार्डमा सहभागिता जनाउनको लागि आबेदन खुल्ला भैसकेको छ । जुन २१ देखि अगस्ट ३० सम्म बिश्वभरबाट आबेदन दिन सकिने पनि अवार्ड संयोजक सुमन बुढा मगरले बताए । आउदो २३ नोभेम्बरमा अवार्डको फाइनल न्युयोर्कमा हुनेछ ।

संसार भरीका कलाकार हरूको प्रतिष्ठाको सम्मानित अवार्ड बनाउने उदेश्यले पनी संसारभरीबाट सम्मानित र प्रतिष्ठित ब्यक्तिहरू संयोजकमा चयन गर्न लागिएको अवार्ड संयोजक सुमन बूढ़ाले जानकारी दिए । यसअवार्डका लागी नेपालको तर्फबाट आर्टिष्ट खबर डटकम र हिमालय टाइम्स राष्ट्रिय दैनिक मिडिया पार्टनरको रुपमा रहेका छन् ।