प्रचण्ड र प्रतिभालाई सार्थक संगीत सम्मान

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

शनिबार काठमाडौंमा सार्थक संगीत सम्मान २०७५ दिवँगत जनबादी गायक प्रचण्डबहादुर बुढाथोकीलाई समर्पण गरिएको छ। सार्थक जनसंगीत प्रतिष्ठान नेपालका तर्फबाट सो सम्मान प्रदान गरिएको हो । २५ हजार रुपैयाँ सहितको यो सम्मान दिवँगत श्रष्टा बुढाथोकीकी छोरी सिन्धु जलेजाले ग्रहण गरेकी थिईन् । यस्तै सार्थक संगीत पुरस्कार– २०७५ जनगायिका प्रगति महरालाई प्रदान गरियो। दुई दशकदेखि निरन्तर जनगीत गाउँदै आएकी उनको योगदानको कदर स्वरुप यो पुस्कार प्रदान गरिएको हो । उनलाई १५ हजार रुपैयाँ र ताम्रपत्र प्रदान गरियो।

सोही कार्यक्रममा गायक तथा संगीतकार उदय श्रेष्ठ र गीतकार श्याम तमोटको संयुक्त गीतिसँग्रह ‘ महाडका कुरा मधेशका कुरा’ बिमोचन गरियो । कार्यक्रममा जनवादी गायक तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति रायन (नारायणभक्त श्रेष्ठ) बरिष्ट जनगायक रामेश श्रेष्ठ, जेबी टुहुरे र सिमाबिद्ध बुद्धीनारायण श्रेष्ठले सँयुक्त बिमोचन गरे । सँग्रहको एउटा गीत अग्रज गायक रामेशले कार्यक्रममा सुनाएका थिए । बिमोचित सँग्रहमा सात ओटा गीत छन् । यी गीतहरु आफुले २०५० पछि अहिलेसम्म लेखेको गीतहरु रहेको गीतकार तमोटले बताए । तमोटका गीतहरु उत्कृष्ट भएकाले आफुसँगीत गरेको पनि संगीतकार उदयले कार्यक्रममा प्रकाश पारे । सँग्रहका ती गीतलाई रामेश, जेबी टुहुरे, ओम श्रेष्ठ, मधु गुरुङ, भूमिका सुब्बा, आकाश थापा, पवित्रा घर्ती, दिवस श्रेष्ठ र संगीतकार उदय श्रेष्ठले गाएका छन् ।