‘धाकड’ पोस्टरमा हातमा बन्दुक लिई खडा भइन् कंगना

मुम्बई,एजेन्सी ।

बलिउडकी क्वीन अभिनेत्री कंगना रनौट अभिनित चलचित्र ‘धाकड’को पोस्टर सार्वजनिक भएको छ। एक्सन जनरामा निर्माण हुने यस चलचित्रको पोस्टरमा कंगना दुबै हातमा बन्दुक लिएर क्रोधित अवतारमा खडा भएकी छिन्। रजनीश घईले निर्देशन गर्ने यस चलचित्रको पोस्टर व्यापार तथा विश्लेषक तरण आदर्शले ट्वीटरमा शेयर गरेका छन्। सोहेल मकलईले निर्माण गर्ने यो चलचित्र २०२० को दिवालीमा प्रर्दशनमा आउने छ।

केही दिनअघिमात्र कंगनाको चलचित्र ‘जजमेन्टल है क्या’ को ट्रेलर सार्वजनिक भएको थियो। उक्त चलचित्रमा उनले अभिनेता राजकुमार रावसँग स्क्रिन सेयर गरेकी छिन्। जुलाई २६ बाट प्रदर्शनमा आउँने ‘जजमेन्टल है क्या’ को ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेको छ । हाल ‘पंगा’को छायाकंनमा व्यस्त रहेकी कंगना छायाकंन सकिएपछि तामिलनाडूकी अभिनेत्री तथा राजनीतिज्ञ जयललिताको बायोपिक ‘जया’को छायाकंन सुरु गर्नेछिन्। पंगा’मा भने कंगना कबड्डी खेलाडीको रुपमा देखिनेछिन्।