आर्टिष्ट खबर/ असार,काठमाडौं।

गीतकार बुद्धवीर लामाको नवौं एकल साँझ सम्पन्न भएको छ । शनिबार राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरमा आयोजित एकल साँझमा चर्चित गायक गायिकाले उनीद्धारा लिखित कबिर एक दर्जन गीत प्रत्यक्ष गाएर सुनाएका थिए । राष्ट्र, समाज र जनताका लागि बिशिष्ट योगदान दिएका र आधिकारिक निकायहरुबाट ओझेलमा रहेका समाजका बिभिन्न व्यक्तिलाई ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको थियो । पुर्व प्रधानमन्त्री झलनाथ खनाल प्रमुख अतिथि र पुर्व प्रमुख राष्ट्रिय एथेलेटिक्स प्रशिक्षक मधु शमशेर जबरा, नेपालका लागि युएईका राजदुत शहिद हमदाम अल नाबी लगायत अतिथिहरु रहेको कार्यक्रममा ‘नेपाली संगीत विशिष्ट सम्मान २०७६’बाट मनोज कुमार राई सम्मानित भए । राई अमेरिकामा नेपालीको लागि आवश्यक पर्दा सम्पुर्ण सहयोग उपलब्ध गराउने ब्यीक्तको रुपमा परिचित छन् ।

त्यस्तै ‘अन्तराष्ट्रिय संगीत साधना सम्मान २०७६’बाट मधुकर लोहनी, किरण मोक्तान, इजाज अलि, अनुपमा प्रधान, इन्द्र खरेल सम्मानित भए । कार्यक्रममा ‘उत्कृष्ट समाजसेवी नागरिक सम्मान २०७६’बाट भने डा. खगेन्द्र बहादुर श्रेष्ठ, शम्भुप्रसाद दाहाल, डिके लामा, रामचन्द्र महतो, कृष्ण प्रसाद मिश्र, राजकुमार गुप्ताले प्राप्त गरे । देउडा गायक नन्दकृष्ण जोशी र नियात्राकार प्रतीक ढकालले ‘साहित्य संगीत सम्मान २०७६’ प्राप्त गरेको कार्यक्रममा ‘इलाममा जन्मेका कर्मयोद्धा सम्मान २०७६’ रमेश कुमार अधिकारी, दीपक गौतम, डम्बर खड्काले लिए ।

सोही कार्यक्रममा ‘निजामती सेवा सम्मान २०७६’ शिव प्रसाद चापागाई, डिल्लीराम अधिकारी, चेतकुमार पोखरेल, लक्ष्मण आचार्य, भीमबहादुर केसीलाई प्रदान गरियो । सो अवसरमा ‘शिक्षा सेवा सम्मन २०७६’बाट इन्दिरा याक्थुम्बा, शिवराज पन्त, उमिद शेर्पा, रमेश शाही, शाकिर उद्धिन, धनेश्वर राउत, चिरबाबु महर्जन सम्मानित भए । सम्मानित सबैलाई पुर्व प्रधानमन्त्री झलनाथ खनाल लगायतका ब्यक्तिले ताम्रपत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेका दिए । प्रत्येक बर्ष एकल साँझमा एक एल्बम र अनाथ, रोगी बृद्धाश्रमलाई सहयोग गर्दै आएका गीतकार लामाले यसबर्ष सफलता एचआइभी शिक्षासदन स्कुल र्कीतिपुर र बालबालिका महिला तथा शिक्षा सहयोगी फाउण्डेशन जोरपाटी अत्तरखेललाई नगद रु २५ हजार एकसय एक र बैकुण्ठ मानन्धर खेलकुद नेपाललाई ५१ हजार एकसय एक सहयोग गरिएको थियो ।

कार्यक्रमा गीतकार लामाका शब्द र नारायण लामा र प्रमिला लामाको स्वर रहेको ‘कागको फुल चोर्ने’ र रमेश बोखिम राइको स्वर संगीत रहेको ‘मैच्याङ’ नाम दुई एल्बम समेत बिमोचन गरिएको थियो । आफ्नो लोकप्रिय गीत लगातार सुन्न चाहने गीत संगीत प्रेमीको चाहना पुरा गर्न आफुले बिगत ९ बर्षदेखि एकलसाँझलाई निरन्तरता दिदै आएको गीतकार बुद्धबिर लामाले बताए । नियमित एकल साँझ गर्ने गीतकार आफुनै पहिलो भएको उनको भनाई रहेको छ । हजारौ चर्चित गीत दिएका लामा यहि २७ गते ‘छिन्नलता पुरस्कार’बाट पनि सम्मानित हुँदैछन् ।