सुरु भयो ‘राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता’

आर्टिष्ट खबर/ असार,काठमाडौं।

असार २२ गते देखी 'राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता' सुरु भएको छ । साँस्कृतिक संस्थान राष्ट्रिय नाँच घर र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीद्धारा संयुक्त आयोजनामा 'राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता' सुरु भएको हो । साँस्कृतीक संस्थानका महाप्रबन्धक राजेश थापाको सभापतित्वमा प्रतियोगीता भएको थियो । प्रमुख अतिथीको रुपमा भने बरिष्ठ गायक एबं चलचित्र निर्देशक नारायण रायमाझी रहेका थिए । प्रमुख अतिथीको रुपमा नारायण रायमाझीले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रिय समितीका अध्यक्ष बद्री पंगेनीले स्वागत मन्तब्य राखेका थिए । कार्यक्रममा अतिथीको रुपमा बद्री पंगेनी, पृथ्बी थकाली, सुवास केसी, बद्री पराजुली, शिब हमाल, कृष्ण सुधा ढुंगाना, दिपक खड्का, मिना बज्राचार्य, पम्फा सापकोटा, मिना खड्का, शिबहरी कार्की, कमल गाउले, उमा श्रेष्ठ, डिपी लोप्चन लगायतका कलाकारहरुको उपस्थित रहेको थियो ।

२८ वटा समुहले भाग लिएका यस प्रतियोगीतामा प्रतियोगी समुहको समायोजन कृष्ण आँशुले गरेका छन भने सो कार्यक्रमको संयोजकको रुपमा प्रतिष्ठानका केन्द्रिय बरिष्ठ उपाध्यक्ष एबम् बरिष्ठ गीतकार रमेश बिजी रहेका छन् । दोहोरी प्रतियोगीतामा बिभिन्न संघ संस्था र ब्यक्तीहरुले आर्थिक, नैतिक, भौतिक रुपमा सहयोग गरेका छन् । पहिलो दिन कार्यक्रम भब्य रुपमा सम्पन्न भयो । कार्यक्रम अवधीभर मिडिया र दर्शकहरुको साथ रहने कुरामा केन्द्रिय अध्यक्ष बद्री पंगेनी बिश्वस्त रहेको कुरा बताएका छन् ।

कार्यक्रममा कलाकार र पत्रकारहरुको बाक्लो उपस्थिीती रहेको थियो । राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगीता कार्यक्रममा मिडिया संयोजकको रुपमा पत्रकार प्रकाश बराईली 'अभिब्यक्ती' रहेका छन् । कार्यक्रम संयोजक एबम् कार्यक्रम अवधीभर कार्यक्रम सञ्चालकको रुपमा रहेका रमेश बिजीले दर्शक एबम् पत्रकारहरुलाई आभार प्रकट गर्दै कार्यक्रम अवधीभर उपस्थित भैदिनुहुन अनुरोध समेत गरेका छन् । यही असार २५ गते यस प्रतियोगीता कार्यक्रम सम्पन्न हुने छ।