‘सार्क फिल्म फेस्टिभल’मा स्वस्तिमाले हात पारिन् ‘वेष्ट पर्फमेन्स अवार्ड’

आर्टिष्ट खबर/ असार,काठमाडौं।

श्रीलंकाको कोलम्बोमा सोमबार सम्पन्न 'सार्क फिल्म फेस्टिभल'मा चलचित्र बुलबुलबाट अभिनेत्री स्वस्तिमा खड्काले ‘वेष्ट पर्फमेन्स जुरी अवार्ड’ हात पारेकी छिन् । फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेपछि स्वस्तिमाले सामाजिक सञ्जाल फेसबुकमार्फत् खुसी व्यक्त गरेकी छिन्। स्वस्तिमाले पहिलो पटक अवार्ड जितेकी हुन् । पहिलो पटकनै उनले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिन्।

अवार्ड जितेपछि छोटोमिठो प्रतिक्रिया दिदैँ भनिन् 'पहिलो पटक अवार्ड जितेकी छु त्यो पनि अन्तर्राष्ट्रिय अवार्ड। म एकदमै हर्सित छु। यो क्षण मेरोलागि एक ठूलो प्रेरणको श्रोत बनेको छ।' उनले चलचित्रमा टेम्पोचालकको भूमिका निभाएकी थिइन्। यसअघि अभिनेत्री गरिमा पन्तले सार्क फिल्म फेस्टिभल-२०१४'मा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् । त्यसपछि अन्य कुनै नेपाली चलचित्रबाट अभिनेत्रीले अन्तर्राष्ट्रिय अवार्ड हात पार्न सकेका थिएनन्। सार्क फिल्म फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै विनोद पौडेलको डेब्यू  निर्देशित चलचित्र बुलबुल र दिनेश राउतले निर्देशित चलचित्र प्रसाद’ प्रतिस्पर्धामा उत्रिएका थिए ।