‘वर्ल्ड नेपाली म्यूज़िक अवार्ड’ बेलायत संयोजकमा अनिता चयन

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

‘वर्ल्ड नेपाली म्यूज़िक अवार्ड २०१९’ को बेलायत संयोजकमा समाजसेबि तथा सामाजिक अभियन्ता अनिता रानामगर चयन भएकी छिन् । मगर संघ बेलायतको उपाध्यक्ष, तनहु समाज बेलायतको निवर्तमान उपाध्याय, मगर संघ स्विडेन मगर महिला संघ यूके तथा मगर सांस्कृतिक संघको सल्लाहकार, एनआरएन बेलायतको सदस्य समेत रहेकी अनिताले अब बेलायतको तर्फबाट अवार्ड सम्पन्न गर्नका लागी महत्वपुर्ण भूमिका खेल्नेछिन् ।

वर्ल्ड कनेक्सन युएस इन्कको आयोजनामा अमेरिकाको न्युयोर्क शहरमा हुने ‘वर्ल्ड नेपाली म्युजिक अवार्ड २०१९’लाई भब्य रुपमा सम्पन्न गर्न यसअघि  अगि अस्ट्रेलिया संयोजकमा प्रथम मिसेस नेपाल अस्ट्रेलिया बिजेता इन्दिरा रोका र दक्षिण कोरिया संयोजकमा सफल व्यबसायी तथा समाजसेबि ओम जुगजाली, अमेरिका संयोजकमा लोकप्रिय गायिका निशा सुनार, इटली संयोजकमा गायिका शकुन्तला थापा र इजरायलबाट गीतकार तथा अन्तरास्ट्रिय कलाकार मंच इजरायलको अध्यक्ष दाना कादम्बरी भैसकेका छन् । अवार्ड संयोजक सुमन बुढाका अनुसार अन्य देशहरुमा पनि संयोजक चयनको काम भइरहेको छ ।

वर्ल्ड नेपाली म्युजिक अवार्डमा सहभागिता जनाउनको लागि आबेदन खुल्ला भैसकेको छ । जुन २१ देखि अगस्ट ३० सम्म बिश्वभरबाट आबेदन दिन सकिने पनि अवार्ड संयोजक सुमन बुढा मगरले बताए । आउदो २३ नोभेम्बरमा अवार्डको फाइनल न्युयोर्कमा हुनेछ ।

नेपाली गीतसंगीतलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउनका लागी र बिश्वभरीको कलाकारहरूको भावना एकै स्थानमा जमघट गराउन यस अवार्डले ठूलो भूमिका खेल्ने आयोजक संस्थाका अध्यक्ष अध्यक्ष आङ गेलु शेर्पाले बताए । क़रीब २ महीना सबैलाई आबेदनको लागी समय र क़रीब ३ महीना बिश्वभरीबाट निष्पक्ष दर्शकहरुबाट भोटिङ गराऊने गरी जम्मा निर्णायकको ३० प्रतिशत  निर्णय हूने हूनाले यो अवार्ड मा सहभागीता जनाऊन कलाकारहरू थप आत्तुर देखिएका छन् ।

बिधाहरु यसप्रकार रहेका छन्ः

१. उत्कृष्ट पाश्र्व गीतः पुरुष र महिला

२. भाषा भाषी चलचित्रको गीतः पुरुष र महिला

३. आधुनिक गीतः पुरुष र महिला

४. लोक दोहोरी गीतः पुरुष र महिला

५. लोक गीतः पुरुष र महिला

६. गीत्कार

७. संगीतकार

८. म्यूजीक भिडियो निर्देशन

९. संगीत संयोजन

१०. लोपन्मुख गीतः पुरुष र महिला

११. पप गीतः पुरुष र महिला

१२. लोक गीत लय संकलक

१३. म्युजीक भिडियो मोडलः पुरुष र महिला