सुवर्णको ‘राम राम’मा सौगात अनुबन्धित

...

<pre style="line-height: 1.42857; text-align: justify;"><span style="font-weight: 700;">आर्टिष्ट खबर/ असार, काठमाडौं । </span></pre><p>अभिनेता सौगात मल्ल शुक्रबार सुवर्ण थापाको निर्देशनमा निर्माण हुने नयाँ चलचित्र 'राम राम'मा अनुबन्धित भएका छन् । उनी केही समयको विश्राम पछि अब धमाधम चलचित्रमा काम गर्ने मुडमा देखिएका छन् ।&nbsp; मुख्य कलाकार सौगातका अलवा निर्माण टिमले निर्देशकको रुपमा सुवर्ण थापालाई पनि शुक्रबार नै अनुबन्धित गरेको हो। यसअघि&nbsp; 'फन्को' नामक चलचित्रमा सुवर्ण र सौगातले एकसाथ काम गरेका थिए ।</p><p>डाइमोण्ड स्टार फिल्मस्को व्यानरमा निर्माण हुने चलचित्रका कथा तथा पटकथाकार दिनेश महत हुन् । 'राम राम'मा अष्ट्रेलिया, जापान र हङकङमा बस्ने नेपालीको लगानी रहने छ। कथाकार महतका अनुसार चलचित्र निर्माण अगावै विभिन्न देशमा चलचित्रको विदेश प्रदर्शन राइट्स बिक्रि भैसकेको छ । हालसम्म चलचित्रकालागि मुख्य कलाकारको रुपमा सौगात मल्ल मात्रै फाइनल भएका छन् । दशैबाट छायांकनमा शुरु गरिने भनिएको यस चलचित्रमा अन्य कलाकारहरुको छनोटको कार्य चलिरहेको दिनेश महतले जानकारी दिएका छन्।&nbsp;<br></p>