एक्सन सँगै माया मिसिएको ‘एकलव्य’को ट्रेलर (भिडियो)

आर्टिष्ट खबर/ असार, काठमाडौं ।

पारिवारिक प्रेमकथामा आभारित चलचित्र ‘एकलव्य’को ट्रेलर सार्वजनिक गरिएको छ। साउन १० गतेबाट प्रदर्शनमा उत्रिने चलचित्रको ट्रेलरमा एक्सन अवतार सँगै मायाप्रेमको केही झलक देखाइएको छ। देशमा घटिरहेका बिभिन्न घटनालाई समेट्ने यस चलचित्र अनमोल शर्माले निर्देशन गरेका हुन्। एक्सन र लभस्टोरी मिश्रित जनराको यस चलचित्रमा सोनाम थापा मगर, ओसिन भट्टराई, पुष्कर राउत, शुशिल पोखरेल, महिमा सिलवाल, शुष्मा कार्की, बिराग लोगुन राजेन्द्र दुलाललगायतको अभिनय रहेको छ।

सोनाम थापा मगर,अभी थापा मगर र राजेन्द्र दुलालको संयुक्त लगानी रहेको चलचित्रमा भोजराज देवकोटाको पटकथा तथा संवाद,राजेन्द बजगाईंको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, कृष्ण श्रेष्ठको छायाँकन र अर्जुन जिसीको सम्पादन रहेको छ।

trailer: