तेस्रो ‘फिल्म स्क्रिनिङ्ग एन्ड ग्राजुएसन’ कार्यक्रम सम्पन्न

आर्टिष्ट खबर/ असार, काठमाडौं

फिल्म डाइरेक्सन, फिल्म एक्टिङ्ग, फिल्म एडिटिङ्ग र सिनेम्याटोग्राफीमा १ बर्षे डिप्लोमा कोर्स गरेका ३९ जना विद्यार्थीहरुलाई कान्तिपुर फिल्म एकेडेमीले दिक्षान्त गरेको छ । एकेडेमीले मंगलबार तेस्रो ‘फिल्म स्क्रिनिङ्ग एन्ड ग्राजुएसन’ कार्यक्रम सम्पन्न गरेको हो । चलचित्र विकास बोर्डको सभा हलमा भएको कार्यक्रममा विभिन्न विधाहरुमा अध्यापन गराउँदै आएको थापागाउँमा अवस्थित एकेडेमीका बिद्यार्थीहरुले बनाएका ७ वटा फिल्महरु पनि प्रदर्शन गरिएको थियो। जसमा अनुरुद्ध दुवाडीको ‘अर्धलिखीत , सृजना लिम्बुको ‘देवकी’, महेश दाहालको ‘रिभर्स’,निम बहादुर बस्नेतको ‘हलो’, दिपेन्द्र सुनारको ‘डिस्टान्ट एन्ड द ड्रिम’, आशिस भण्डारीको ‘पेन्सील’ र पवन थापा मगरको ‘द बोस’ प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा उपस्थित चलचित्रकर्मी र अविभावकहरुले विद्यार्थीहरुको कामको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, चलचित्रकर्मीहरु नरेन्द्र महर्जन, रमेश बुढाथोकी, छविराज ओझा, गोपालकाजी कायस्थ, मुकुन भुषाल “चोपेन्द्र”, दिपक बज्राचार्य, नवल नेपाल, बिष्णु कल्पित, प्रदिप श्रेष्ठ, बिजय रत्न तुलाधारलगायत उपस्थिति थिए। हरेक बर्ष गरिने यस खालको कार्यक्रममा विद्यार्थीहरुको काम हेर्न पाइने, उनीहरुलाई चलचित्र क्षेत्रको अवसर र चुनौतीहरुको बारेमा बुझाउनसँगै राम्रो गर्नेहरुलाई हौसला पनि मिल्ने एकेडेमीका सिइओ प्रकाश पुरीले बताए।