‘चेन्नइ एक्सप्रेस’ लेखकले नेपालमा प्रशिक्षण दिने

आर्टिष्ट खबर/ असार, काठमाडौं

बलिउडमा ७२ वटा चलचित्रमा लेखनको काम गरेका रोबिन भट्ट नेपालमा चलचित्र लेखनको प्रशिक्षण दिन आउने भएका छन् । भारतमा प्रख्यात स्क्रिप्ट राइटरको रुपमा परिचित रोबिनसँगै अमेरिकाका जेफ मोनाहोन पनि आउनेछन् । नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले चलचित्र विकास बोर्डसँग मिलेर गर्न लागेको पटकथा लेखन कार्यशालामा सहभागी हुन रोबिन र जेफ नेपाल आउने पक्का भएका हुन् ।

आउँदो भदौमा कार्यशाला हुने एकेडेमीका अध्यक्ष केपी पाठकले जानकारी दिए । रोबिनले ‘बाजीगर’, ‘ओमकारा’, ‘कृष’, ‘चलते चलते’, ‘चेन्नइ एक्सप्रेस’ लगायतका  चलचित्र लेखेका छन् । जेफ भने अमेरिकाको न्युयोर्क एकेडेमीमा पढाउँछन् । रोबिन भट्टले नेपाल आउन आफू उत्साहित रहेको बताएका छन् । जेफसँगै मिलेर रोबिनले पटकथा लेखनका तकनिकी र व्याकरण सिकाउने छन् ।

एकेडेमीका अध्यक्ष केपी पाठकले नेपालमा फिल्म लेखकको कमीलाई मध्यनजर गर्दै लेखन कार्यशाला गर्न लागेको बताए । ‘राम्रो पटकथा कुनै पनि राम्रो फिल्मको आधार हो । वर्कसपले यो क्षेत्रमा काम गरिरहेका लेखकलाई थप क्षमता विकासका लागि प्रेरित गर्ने अपेक्षा छ,’ पाठकले भने । कार्यशालाको संयोजन लेखक सम्पदा मल्लले गरिरहेकी छिन् । कार्यशाला भदौको ४ देखि १० गतेसम्म मकवानपुरमा हुने बताइएको छ ।