‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता’ सम्पन्न, प्रथम पुरस्कार जुनकिरी दोहोरी साझलाई

आर्टिष्ट खबर/ असार, काठमाडौं

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान केन्द्रिय समितिको आयोजनामा असार २२ गते सुरु भएको 'राष्ट्रिय दोहोरी गीत प्रतियोगिता – २०७६' असार २५ गते सम्पन्न भएको छ। प्रतियोगितामा प्रथम जुनकिरी दोहोरी साझ, दोस्रो नगरकोट दोहोरी साझ (ख) , तेस्रो गन्डकी प्रदेश, सान्त्वना नगरकोट दोहोरी साझ (क) भएका थिए भने अनुशासित कलाकार तर्फ जालुमाया गुरुङ्ग, नवदित कलाकार तर्फ कृष्णा राना क्षेत्री, उत्कृष्ट गायक तर्फ अर्जुन खड्का, उत्कृष्ट गायिका तर्फ सपना रोका बिजयी हुन सफल भएका थिए । प्रतियोगितामा २८ समुहले भाग लिएका थिए ।

प्रथम पुरस्कार रु १ लाख रहेको थियो भने दोस्रो पुरस्कार रु ५० हजार, तेस्रो पुरस्कार रु २५ हजार, सान्त्वना पुरस्कार रु १० हजार, उत्कृष्ट गायक गायिका पुरस्कार रु ५०००-५०००, नवदित कलाकार र अनुशासित कलाकारलाई रु २५००-२५०० पुरस्कारको राशी तोकिएको थियो । प्रथम पुरस्कारको प्रायोजन पृथ्वी थकालिले गरेका थिए । प्रतियोगिताका बिजेता समुहलाई नारायण रायमाझी, पृथ्वी थकाली, राजेश थापा लगायत अन्यले पुरस्कार बितरण गरेका थिए। बरिष्ठ गायक एबम चलचित्र निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा र सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाको अध्यक्षता रहेको कार्यक्रममा प्रतिस्ठानका केन्द्रिय अध्यक्ष बद्री पङ्गेनी विशेष अतिथीको रुपमा रहेका थिए । कृष्ण आशुले प्रतियोगी समुहको समायोजन गरेका थिए भने कार्यक्रम संयोजकको रुपमा प्रतिस्ठानका केन्द्रिय बरिस्ठ उपाध्यक्ष रमेश बिजि रहेका थिए। कार्यक्रम अवधिभर रमेश बिजिले नै कार्यक्रमको संचालन गरे । कार्यक्रममा कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो ।